नागरिक अगुवामाथिको दमनप्रति पत्रकार महासङ्घद्वारा ध्यानाकर्षण

admin

काठमाडौं, १३ माघ : प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिक अगुवामाथि भएको दमनप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबारनागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी पत्रकार एवं लेखक नारायण वाग्ले, मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहरा प्रहार गरेको भन्दै महासङ्घले घटनाको भत्सर्ना गरेको छ ।

मंगलबार विज्ञप्ति निकालेर महासङ्घले शान्तिपूर्ण र स्वतन्त्ररूपमा प्रदर्शनमा रहेका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको यो दमन अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ : ‘महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्यको कडा शब्दमा भर्त्सना गर्दछ ।’ यस्तै, आउँदो दिनमा यस्ता दमनकारी कार्य नदोहोर्‍याउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया