‘नाडा अटो शो’मा इलेक्ट्रिक रेसिङ बाइकको चार्म

मनिषा थापा

पिएनपिखबर : काठमाडौँको भृकुटीमण्डपस्थित सवारी साधनसम्बन्धी कुम्भ मेला ‘नाडा अटो शो–२०१९’ शुरू भएको छ। मंगलबार देखि शुरु भएको उक्त मेलाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए।

सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवालगायतको सहभागिता रहेको सो मेला नाडाको १४औं संस्करण हो। प्रदर्शनीमा ठूला तथा साना गरी करिव १६० वटा स्टल र ब्लक छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको यस अटो शो भदौ १५ गतेसम्म चल्नेछ।

प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्रान्डका दुई पाङ्ग्रे, १२ वटा ब्रान्डका लुब्रिकेन्ट, ९ वटा ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री, १४ वटा पार्ट–पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाको सहभागिता छ।

गत वर्ष करिब ७५ हजार मानिसले मेलाको अवलोकन गरेका थिए। अहिले ३ दिनभित्र मात्रै ४ सयभन्दा बढी मानिसको सहभागिता देखिएको म्यानेजिङ्ग डाइरेक्टर सन्जिब शिल्पकार बताउँछन्। सरकारले निजी सवारी साधनमा इलेक्ट्रिक र हाइब्रिड गाडीलाई प्राथमिकतामा राख्दै अगाडि बढ्न नीति बनाएर हाइब्रिडमा कर छुट दिएको उनले जनाए।

उनले हेर्दा निकै आकर्षक देखिने एक इलेक्ट्रिक रेसिङ बाइक पनि देखाए। विजुलीको खपत बढाउने र स्वास्थ्यमा पनि असर नपार्ने भएकोले यो बाइक धेरै युवाको रोजाईमा परेको उनको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया