‘क्याप्टेन’को नयाँ गीतले युट्युबको शिर्ष स्थान ओगट्न सफल [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

अनमोल केसी अभिनित फिल्म क्याप्टेन को नयाँ गित रिलिज भएको छ । बिहिबार दिउँसो साढे ३ बजे ‘रहर छ सँगै’ गीत युट्युबमा रिलिज भएको थियो । अनमोल र उपासना फिचर्ड गीतले अहिले युट्युबमा आक्रामक हिट्स पाइरहेको छ ।

रिलिजको ८ घण्टामा नै उक्त गीतले नेपालको युट्युब ट्रेन्डिङको शिर्ष स्थान ओगटेको छ । । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ पछि पुनः पर्दामा देखिन लागेका उनको नयाँ फिल्म हो ‘क्याप्टेन’, जुन फागुन १७ गते रिलिज हुँदैछ ।

यसमा उनी फुटबल खेलाडीको भूमिकामा छन् फिल्ममा उनको अपोजिटमा नव-अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । गीतमा अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द छ ।

दीवाकर भट्टराई निर्देशित फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका निर्माता भुवन केसी, कथा सामिप्यराज तिमल्सिना, चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया