नायिकासँग विवादमा तानिएका अभिनेताले मुख खोले, चेला सम्झेर कान समात्न खोज्नु मेरो ठूलो गल्ती भयो !

अस्मिता बेल्बासे

काठमाडौं, २५ असार : केही समय यता मनोरञ्जन तथा नेपाली चलचित्र क्षेत्रका कलाकारहरु एकपछि अर्को विवादि बनिरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा अभिनेता तथा निर्माता भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको विवादले नेपाली कलाकारमाथी केही असार पारेको छ ।

एक टेलिभिजनलाई अन्तर्वाता दिँदै अभिनेता भुवन केसीले आफूलाई जहिले पनि मिडियाले स्क्याण्डलका रुपमा मात्र प्रस्तुत गरेको बताएका छन् । उनले आफ्नो ४० वर्षको फिल्म क्षेत्रमा लागेको लगानीमा कसैले पनि औला नउठाएको बताएका छन् ।

उनले फिल्म क्षेत्रमा लागेको ४० वर्षको अवधिमा अहिले सम्म कुनै पनि महिलाले आफूलाई अपमानित भएको महशुष गरेको भए पनि सार्वजनिक गर्न अनुरोध गरेका छन् । उनले आफ्नो छोरासंगै फिल्म खेलेको नायिकाले आफूलाई लगाएको त्यती ठूलो आरोपले आफूलाई निकै आश्चर्य लागेको बताएका छन् ।

उनले आफूले जहिले पनि साम्राज्ञीलाई छोरीकै रुपमा हेरेको बताएका छन् । मैले नै भित्र्याएको र मेरै छोरासंग फिल्म खेलेकी छोरी समानकी नायीकाले यस्तो आरोप लगाउँदा मलाई निकै दुख लागेको छ, उनले भने, मैले पहिला पनि छोरीकै रुपमा मानेको थिए । अहिले पनि छोरीकै रुपमा मानेको छु ।

उनले कुनै बेला सुटिगंका क्रममा त्यस्तो कुनै व्यवहारले साम्राज्ञीलाई त्यस्तो लागेको भए आफूलाई थाहा नभएको बताए । उनले फिल्मको सुटिगंका क्रममा केही कुरा खान नपाएको भन्दै आरोप लगाएको हुनसक्छ, त्यो कुराले आफूलाई आश्चर्य लागेको बताएका छन् ।

उनले ४० वर्षको अवधिमा कुनै पनि महिलालाई त्यस्तो व्यवहार नगरेको बताएका छन् । उनले भने, मेरो फिल्ममा काम गरेकाहरु मेरा सबै बच्चाहरु हुन्, जसरी मैले अनमोललाई लिन्छु त्यसरी नै लिन्छु । नयाँ आउनेलाई मैले एउटा शिक्षकले बच्चालाई गर्ने व्यवहार मैले गर्छु ।

उनले अगाडी भने, साम्राज्ञीमा मैले सिकाएको भन्दा बढी क्षमता थियो । सानो कुरा मैले सिकाए तर मैले भन्दा धेरै सिक्यो । उसले मलाई गुरुको इज्जत नदिएपनि एउटा फिल्म क्षेत्रको अगुवाको रुपमा मात्र लिएको भएपनि हुन्थ्यो । एउटा गुरुलाई सम्मान नगरेर त्यस्तो भनेको देखेर मलाई चित्त दुखेर फेसवुकमा लेखेको हुँ, उनले अन्तरवार्ताका क्रममा भनेका छन् ।

मेरो एउटा बच्चा उसले सामाजिक सञ्जालमा हालेका शब्द र उसले प्रस्तुत गरेको बडी ल्याग्वैज हेर्नुस्, एउटा राम्रो बच्चाले त्यस्तो नगरोस् भन्ने लाग्यो, जापानमा सबैको सामुन्ने भएको कुरा हो । किन यस्तो गर्यौ भनेर भनेको हो ।

मैले बच्चा सम्झेर उसको कान समात्न खोजेको हो, तर मैले गल्ती गरेछु । मैले आफ्नो कान समात्नुपर्ने रैछ । उनले भने, सबै क्षेत्रमा अभिभावक र गुरु हुन्छन् अरु क्षेत्रका बच्चाले आफ्नो अभिभावक र गुरुलाई त्यस्तो शब्द प्रयोग गरेको सुन्नुभएको छ ? उनको प्रतिप्रश्न छ ।

उनले साम्राज्ञीले उठाएको विषय पछि भुवन केसीलाई ठिक्क पर्यो भनेर कसैले भनेको छ, कसैको मनमा लागेको छ भने भन्नु होला, उनले आह्वान गरेका छन् । अरुलाई भुवन केसी निर्दोश छ भन्ने थाहा हुँदा हुँदै पनि कोही नबोलेको उनले बताएका छन् । आज भुवनको पक्षमा बोल्दा भोली मलाई पनि विवादमा पार्न सक्छन् भनेर कसैले पनि साथ नदिएको बताएका बताएका छन् ।

प्रतिक्रिया