नायिका आचल शर्मा कर बुझाउन राजस्व कार्यालयमा, भिडियो भयो भाइरल

admin

काठमाडौं, १० भाद्र : नायिका आँचल शर्मा कर बुझाउन राजस्व विभागको कार्यालयमा पुगेकी छन् । उनी आज काठमाण्डौको लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको कार्यालयमा कर बुझाउन पुगेको भिडियो तथा फोटो सामाजिक संजालमा भाइरल भएको छ ।

कलाकारले कर तिरेको सुन्न कमै मात्रामा पाइने भएकाले पनि अभिनेत्री आँचल शर्मा कर बुझाउन गएको भिडियो भाइरल भएको हो । भिडियो अर्थ मन्त्रालयका उपसचिव कर्ण तिमल्सिनाले सामाजिक संजाल मार्फत शेयर गरेका हुन् ।

भिडियोमा आँचललाई त्यहाँका कर्मचारीले कार्यालयको सेवा कस्तो लाग्यो ? भनेर सोधेका छन् भने आँचलले आफूलार्ई सेवा राम्रो लागेको जवाफ दिएकी छन् । सो भिडियोमा कतिपयले सकारात्मक टिप्पणी गरेका छन् भने कतिपयले कोरोना महामारीमा आँचलले मास्क नलगाएको बिषयमा आलोचना गरेका छन् ।

प्रतिक्रिया