नायिका केकी अधिकारीले सामाजिक संजालमा गरिन बलात्कार विरुद्ध यस्तो मन छुने पोस्ट !

मनिषा थापा

भक्तपुर  :  नेपाली फिल्मी जगतकी शिक्षित नायिकाको रुपमा केकी अधिकारीलाई लिईन्छ। केकी सामाजिक संजालमा निकै सक्रिय हुने अभिनेत्री हुन् । उनले समाजमा भई रहने गतिविधि, घटनाक्रम बारे आफ्नो विचार सामाजिक संजालमा पोस्ट गर्ने गर्छिन। समाजका विविध घटनाबारे आफ्ना मनका कुरा उनले सामाजिक संजालमा व्यक्त गर्ने गर्छिन् ।

पछिल्लो समय बलात्कारका समाचारहरु दिन दिनै प्रसारण र प्रकाशित भईरहेको छ। केहि महिना अघि भएको बालिका निर्मला पन्तको हत्या काण्ड अझै सेलाएको छैन।

निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लागेको छैन भने पोखराकी १० वर्षीय बालिका श्रेयाको पनि बलात्कारपछि हत्या भएको समाचारले धेरैको मन विक्षिप्त बनायो । त्यस घटनाक्रमको विषयमा केकी अधिकारीले  बुधबार विहान सामाजिक संजाल आफ्नो फेसबुक  मार्फत भावना व्यक्त गरेकी छिन्।

प्रतिक्रिया