नारायणी नदीमा डुबेर युवक बे’पत्ता

राष्ट्रिय समाचार समिति

चितवन, २३ असार :दाउरा टिप्न जाने क्रममा नारायणी नदीमा एकजना युवक बे’पत्ता भएका छन् । भरतपुर महानगरपालिका–१ नारायणगढका २६ वर्षीय युवक प्रकाश परियार नदीमा बे’पत्ता भएका हुन् ।

फाइल फोटो

नारायणी नदी किनारको प्रदर्शनी मैदान नजीकैबाट दाउरा टिप्न जाने क्रममा नदीले बे’पत्ता बनाएको वडा प्र’हरी कार्यालय नारायणगढले जनाएको छ ।

प्र’हरी कार्यालय नारायणगढका प्रमुख प्र’हरी निरीक्षक रवीनबाबु रेग्मीका अनुसार आज दिउँसो साढे ४ बजेको समयमा नदीले बगाएर ल्याएको दाउरा टिप्न जाँदा परियारलाई नदीले बे’पत्ता बनाएको हो । परियारको खोजी जारी रहेको रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया