नासा मङ्गल ग्रहमा हेलिकप्टर उडाउन सफल

admin

काठमाडौं, ६ बैशाख : अमेरिकी अन्तरिक्ष संस्था नासा मङ्गल ग्रहमा एक सानाे हेलिकप्टर उडाउन सफल भएकाे छ । इन्ज्युनिटी नामकाे याे ड्राेन हावामा एक मिनेटभन्दा कम समयका लागि रहेकाे थियाे तर नासाले यसलाई निकै ठूलाे उपलब्धि मानेकाे छ ।

पृथ्वीबाट सञ्चालित र नियन्त्रित गरेर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो पटक भएकाले नासाले यसलाई ठूलाे उपलब्धि मानेकाे हाे ।

मङ्गल ग्रहकाे एक उपग्रहकाे माध्यमबाट हेलिकप्टरकाे डाटा पृथ्वीमा पठाएपछि यसकाे पुष्टि भएकाे हाे । नासाले आउँदा दिनमा अरू साहसी उडान देख्न मिल्ने विश्वास व्यक्त गरेकाे छ । नासाका अनुसार प्रविधिकाे सीमा र इन्जिनियरहरूद्वारा जाँच गरिएपछि इन्ज्युनिटीलाई अझ माथि र लामाे उडान भर्न निर्देशन दिइनेछ ।

अमेरिकाकाे पासाडेनामा नासाकाे जेट प्राेपल्शन लेबाेरेटरीमा इन्ज्युनिटीकी प्राेजेक्ट म्यानेजर मिमि युङले भन्नुभएकाे छ, ‘अब हामी मानिसले कुनै दाेस्राे ग्रहमा एक राेटरक्राफ्ट उडाएकाे भन्न सक्छाैँ ।’ मङ्गल ग्रहमा हावामा उडान निकै कठिन छ । त्यहाँकाे वायुमण्डल निकै पातलाे छ, जुन पृथ्वीकाे वायुमण्डलकाे मात्र एक प्रतिशत हाे ।

लिफ्ट पाउनका लागि राेटरक्राफ्टकाे ब्लेडले निकै जाेर लगाउनु पर्छ । यही कारण इन्ज्युनिटीलाई निकै हलुका बनाएर त्यसकाे ब्ल्डलाई २५ सय चक्कर प्रति मिनेटभन्दा धेरै घुम्ने शक्ति दिइयाे । याे सुरुवाती सफलताले गर्दा टाढाकाे ग्रहलाई पत्ता लगाउने तरिका परिवर्तन गर्न सक्ने नासाले विश्वास व्यक्त गरेकाे छ ।

भविष्यकाे राेभर्सका लागि ड्राेनकाे उपयाेग हुन सक्छ, यहासम्म कि मङ्गलमा पुगेपछि अन्तरिक्ष यात्रीले पनि यसकाे प्रयाेग गर्न सक्छन् । नासाले पहिले नै शनि ग्रहकाे सबैभन्दा ठूलाे उपग्रह टाइटनकाे लागि एक हेलिकप्टर मिसनलाई अनुमति दिइसकेकाे छ । यस मिसनकाे नाम ड्र्यागनफ्लाई राखिएकाे छ । याे टाइटनमा सन् २०३० काे दशककाे मध्यमा पुग्ने आश गरिएकाे छ ।

प्रतिक्रिया