नितिनको ‘चुपचाप बदलियो’ गीतको भिडियो सार्वजनिक (भिडियो)

admin

काठमाडौं : गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत ‘चुपचाप बदलियो’को भिडियो सार्वजनिक गरेका छन्। गजल गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको रहेको छ। यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन्।

सन् ८० को दशकको झझल्को म्युजिक भिडियोमा कलाकार सृष्टि खड्का र जीवन भट्टराईले फिचर्ड गरेका छन्।

काठमाडौंको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन्। भिडियो निर्देशक सुब्रतराज आचार्यको निर्देशन तयार पारिएको हो।

प्रतिक्रिया