नियम उल्लघंन गरेको भन्दै नर्वेकी प्रधानन्त्रीलाई २ लाख ८१ हजार जरिवाना

admin

काठमाडौं, २९ चैत : कोरोनाका कारण नर्वे सरकारले १० जनाभन्दा बढी नजुट्न आदेश जारी गरेको थियो । त्यहीबीच प्रधानमन्त्री एर्ना सोलबर्गले १३ जना आफन्तकाबीच आफ्नो जन्मदिन मनाइन् ।

त्यो पनि राजधानी बाहिरको रिसोर्टमा गएर । जब सार्वजनिक टिभी एनआरकेले त्यसबारे समाचार दियो, फेब्रुअरी अन्तिम साताको उक्त घटनामाथि प्रहरीले निर्धक्क अनुसन्धान गर्यो ।

शुक्रबार अबेला प्रतिवेदन आयो, ‘प्रधानमन्त्रीले गल्ती गरेकी नै हुन् ।’ र जरिवाना तोकियो २० हजार क्रोनर (करिब २ लाख ८१ हजार रुपैयाँ) प्रधानमन्त्री सोलबर्गले यसलाई दिएर माफी मागेकी छिन् ।

नर्वेको लोकप्रिय नेता सोलबर्ग दोस्रो कार्यकाल प्रधानमन्त्री छिन् । ‘कोरोना भाइरसको नियम उल्लघंन गरेकामा म लज्जित छु’, उनले टेलिभिजनबाटै भनेकी छिन्, ‘मलाई जरिवाना स्वीकार्य छ । म यो तत्काल तिर्नेछु ।’

यस्ता लापरवाहीमा त्यहाँको प्रहरीले सबैलाई कराबाही नगरेको पनि हुन सक्छ । तर प्रधानमन्त्रीले भने सजायको दायरामा ल्याउन बाध्य भएको प्रहरी प्रमुख ओले सिभेरुढले भनेका छन् ।

‘सर्वसाधारणलाई नियम कानुनमा पूर्ण विश्वास दिलाउन र पालना गराउन पनि प्रधानमन्त्रीज्यूलाई जरिवाना तिराउन जरुरी छ’, पत्रकार सम्मेलन गरेर उनले भने ।
-अन्नपूर्ण

प्रतिक्रिया