नियोजित ढंगले पिच उक्काईएको हो, मापदण्ड विपरित भए कारवाही गर्छौ : उप-प्रमुख (भिडियो)

मनिषा थापा

पिएनपिखबर : धुलिखेल नगरपालिकामा भट्टे डाँडा र काभ्रे भन्ज्याङ्ग जोडिने सडकखण्डमा गरिएको पिच उकीएको भिडियो भाइरल बने लगतै कमसल पिच भएको भन्दै गत साता विवाद चर्किएको थियो। तर पिच उकिएको भनेर अफावा मात्रै फैलिएको नगरपालिकाकी उप प्रमुख विमला चौलागाईले बताईन।

पानी परेको कारणले पिच सेट हुन समय लाग्ने उनले बताईन। उनले भनिन्, ‘नियोजित ढंगले पिच उक्काईएको हो, आफु आएर पनि बारम्बार आएर काम हेरिरहेको छु। यदि मापदण्ड विपरित भए कारवाही गर्छौ।’ मापदण्ड अनुरुप नै पिच रोड बनाएको उनको भनाई छ।

स्थानीय बासिन्दाहरुले बाटो सहज र राम्रो बनेको तथा भिडियोमा भाइरल भएको भिडियो गलत रहेको दाबि समेत् गरेका छन्। बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू