निरन्तर ओरालो लाग्दै सुनचाँदीको मूल्य, आज कारोबार कतिमा ?

admin

काठमाडौं, ६ असार : आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन आइतबार तोलामा आठ सय रुपैयाँ घटेको हो । (अस्ति) शुक्रबार तोलाको ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार मूल्य घटेर तोलाको ९० हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलामा एक हजार एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो । त्यस्तै गएको बुधबार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आइतबार मूल्य घटेर तोलाको १२ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया