निरन्तर बढ्दै सुनचाँदीको मूल्य, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १४ असोज : बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी बुधबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ ।

मंगलबार तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर १ हजार १ सय ९० रुपैयाँ कायम भइ कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया