बव्लु गुप्ताको पहलमा UNHN र NYKP द्वारा मुसहर समुदायलाई राहत वितरण

admin

काठमाडौं, १९ फागुन : मुसहर समुदायलाई विभिन्न संस्थाको सहयोगमा राहत वितरण गरिएको छ । सिरहाको सखुवानन कर्कटी गाउँपालिका वार्ड ३ मा UNHN र NYKP को पहलमा अति विपन्न परिवार एक सय परिवारलाई रु ३,४१,००० संकलन गरी राहत वितरण गरिएको हो । UNHN र NYKP ग्रुपले खाद्यान्न, लुगा, झुल, चप्पल, स्लीपिङ व्यागहरु वितरण गरेको छ । हालसालै सिरहाको मिर्जापुरका गरिब मुसहर बस्तिको लागी यस ग्रुपले एक हप्ता मै लक्षित रकम उठाई पठाउन सफल भएको छ । 

उक्त सम्पुर्ण राहात वितरणको व्यवस्थापन हण्ड्रेस ग्रुपका बब्लु गुप्ताले गरेका छन् । यस कार्यमा UNHN ग्रुपले ‘न्यु वोर्क’ काम पोस्ट (NYKP) भन्ने न्युयोर्क र छिमेकी स्टेट केन्द्रित अर्को फेसबुक ग्रुपसँग समन्वय गरी नेपालमा आधारित गैरनाफामूलक सामाजिक संस्था हन्ड्रेड्स् ग्रुप (100S ग्रुप) सँग सहकार्य गरेको थियो । आउँदो दिनमा ग्रूपलाई अझ प्रभावकारी बनाई स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लागी अझै धेरै सहयोग गर्ने लक्ष्य ग्रुपको रहेको छ।

यस्तै, अमेरिकामा बसोबास गर्ने तिन जना साथीहरूको परिकल्पनामा सहयोगको लागी खोलिएको फेसबुक ग्रुप हो UNHN २०१५ अक्टोबरमा श्री हरि अधिकारी, प्रवेश नेपाल र भुवन अक्किमहांग राईको अग्रसरतामा खोलेको फेसबुक ग्रुपको पुरा नाम हो । US-Nepal Help Network (UNHN) यस ग्रुपमा हाल अमेरिकामा बसोबास गर्ने ३२ हजार नेपाली सदस्य रहेका छन् ।

अमेरिकामा सर्वाधिक नेपाली सदस्य भएको सबैभन्दा ठूलो मन्च UNHN हो । आफूले विगतमा भोगेको समस्याहरू विद्यार्थी, डिभी देखि अन्य भिसामा अमेरिका आउने नयाँहरूले भोग्न नपरोस भनि सुचना र सहयोग आदान प्रदानको लागी खोलिएको ग्रुपले बिगत पाँच बर्षमा थुप्रै किसिमका सहयोग अभियानहरू चलाइसकेको छ ।

यस ग्रुपले अमेरिकामा विभिन्न कारणबस ज्यान गुमाएका, लुटेराको आक्रमणमा परेर गोली लागेका घाइतेको उपचारार्थ वा स्वास्थ्य र आर्थिक कारणले बिचल्ली भएको नेपालीलाई नेपाल पठाउन लाखौँ डलरको हाराहारीमा सहयोग संकलन गरिसकेको छ । ग्रुपमा काम, कोठा, कोठाको लागि रुममेट, कामका अवसर, कानूनी सल्लाह देखी धेरै किसिमका सहयोग आदान प्रदान नि:शूल्क हुने गर्दछ ।

यस ग्रुपले नेपालमा धुर्मुस सुन्तली फाउन्डेशनको भुकम्प पिडितको बस्ती निर्माणमा समेत रकम संकलन गरी सहयोग गरेको छ । त्यस्तै चेपांग बस्तीको लागी देखी बाढीपिडित सम्मको लागी रकम संकलन गरी पठाएको छ । बिगतमा फेसबुक ग्रुप MRR तथा WRR सँग पनि सहकार्य गरी सहयोग संकलन गरेको छ ।

बाढीपहिरो, भुकम्प पश्चात् सहयोग, अनाथलय र वृदाआश्रम, महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, कोरोना भाइरसको महामारीबीच टुँडिखेलमा निःशूल्क खाना खुवाउने जस्ता दर्जनौं सामाजिक कार्य गरेको छ ।

मातृभुमी नेपालमा भएपरी आउने बिपत्ति र अन्य सामाजिक कार्यको लागी ग्रुप सदा अग्रसर हुने गर्दछ । ग्रुप निस्वार्थ भावले निःशूल्क सहयोगको लागी खोलिएको हुनाले ग्रूपले गर्ने सम्पूर्ण कामहरू निःशूल्क नै हुने जानकारी यस ग्रुपका संस्थापक एड्मिनहरू बताउँछन् ।

प्रतिक्रिया