निर्मला ह’त्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

admin

काठमाडौं, ६ कात्तिक : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको ब’लात्का’र पछि ह’त्या गरिएको दुई वर्ष दुई महिनापछि प्र’हरीले फेरि घ’टनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ ।

प्र’हरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला ह’त्या प्रकरणलाई छिट्टै टुंगोमा पु(याउने बताउँदै आइरहेका बेला प्र’हरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो ।

यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्र’हरीले पहिले अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ । नेपाल प्र’हरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सो ह’त्या प्रकरणको अनुसन्धानका लागि प्र’हरी टोली सक्रिय रहेको र पुराना मिसिलसमेत अध्ययन हुँदै गरेको बताए ।

प्र’हरी प्रवक्ता एसएसपी कडायतले भने, ‘अनुसन्धानको गतिले अहिले लय लिएको छ, अनुसन्धान निष्कर्ष नजिक छ, केही समयभित्रै सत्यतथ्य बाहिर आउँछ ।’ उनले पहिले अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरूको समेत मुद्दा नटुंगिएका कारण उनीहरू पनि अनुसन्धानकै क्रममा रहिरहने जनाएका हुन् ।

१० साउन २०७५ मा पन्तको घरनजिकै उखुबारीमा ब’लात्कार पछि ह’त्या गरिएको थियो । प्र’हरीले उनको शवलाई ११ गते बिहान नियन्त्रणमा लिएको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया