निर्वाचन एकैपटक गर्न संवैधानिक चुनौती

admin

काठमाडौं, ८ माघ : सत्ता गठबन्धनका ५ दल स्थानीय तहको निर्वाचन पछि धकेल्ने,प्रतिनिधिसभा निर्वाचन अघि सार्ने वा तीनै तहका निर्वाचन एकैपटक गर्ने विभिन विकल्पमा छलफलमा छन् ।

तर स्थानीय निर्वाचन वैशाखभित्रै गर्न र संसदीय निर्वाचन मंसिरमा मात्र गर्नै पर्ने संवैधानिक बाध्यतालाई संविधानविद्हरुले फेरी सम्झाएका छन् ।

तीनै तहको निर्वाचन एकैपटक गर्दा के हुन्छ भन्ने बारे छलफल चलेको छ । एक दुई दिन भित्रमा निष्कर्षमा पुग्ने छ ।

शुक्रबार गठबन्धनको बैठक सकिएपछि सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संचारकर्मीसंग भन्नु भएको हाे । संविधानविद्हरुका अनुसार दलहरुले गरेको छलफलनै अनुपयुक्त छ ।

पहिलो निर्वाचनको मिति तय गर्ने सम्बन्धमा कुनै पनि राजनीतिक गठबन्धनको भूमिकालाई संविधान र कानुनले चिन्दैनन् । संविधान विद्हरु भन्छन् ।

दोस्रो,स्थानीय निर्वाचन आगामी जेठ ५ गते भित्रै गर्नुपर्ने कानुनी बाध्यता छ । त्यस्तै,प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बैशाख–जेठमा गर्न मिल्दैन । मंसिरसम्म कुर्नैपर्छ ।

यो संविधान वा कानुन निर्माणको चरण होइन,बनिसकेको कानुन अक्षरशःकार्यन्वयन गर्ने बेला भएकाले दिनै पिच्छे गठबन्धनका नेताहरुले बालुवाटारमा कचहरी गर्नु संवैधानिक रुपमा गलत भएको बताउनुहुन्छ निर्वाचन आयोगका एक आयुक्त । यो समाचार कान्तिपुरमा छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया