निषेधाज्ञाको पूर्ण पालना भएको छ : सीडीओ पराजुली

admin

काठमाडौं, ३ जेठ : काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताएका छन् । सोमबार निषेधाज्ञाको अनुगमन गर्न नागढुङ्गा नाका पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र जाँचलाई पनि कडा बनाइएको बताएका हुन् । अत्यावश्यकबाहेकका कुनै पनि सवारी साधन नचलेको उनले दाबी गरे । प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न चेक पोइन्टमा अनुगमनलाई तीव्रता दिइएको बताए ।

सीडी‌ओ पराजुलीले भने, ‘नियमित रूपमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गरिरहेका छौँ । अहिले नागढुङ्गा नाकामा अत्यावश्यक गाडीबाहेक अरू चलेको अवस्था छैन । निषेधाज्ञा पूर्ण पालना भएको छ । कार्यान्वयन भएको छ । जाँचलाई कडा बनाइएको अवस्था छ । यो अवधिमा हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना सबैको संयोजनमा प्रभावकारी रूपमा नै कार्यसम्पादन भएको अवस्था छ । नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिलाई कारबाही गर्दा ६ लाख रुपैयाँ जरिबाना सङ्कलन गरिसकेको छ । अहिलेसम्म ३० हजार गाडी होल्डिङमा परेको अवस्था छ ।’

प्रतिक्रिया