निषेधाज्ञा खुकुलो भएसँगै राजेश हमाल म्युजिक भिडियोमा

admin

काठमाडौं, २९ असार : अभिनेता राजेश हमालले म्युजिक भिडियोमा काम गर्न थालेका छन् । गतवर्षको लकडाउनपछि चलचित्र क्षेत्रका गतिविधि शून्य भए पनि म्युजिक भिडियो छायांकनका गतिविधि चल्मलाए । चलचित्रमा काम नभएपछि थुप्रै अभिनेता र अभिनेत्रीले म्युजिक भिडियोको कामलाई अगाडि बढाए । जसमा अभिनेता हमाल अग्रपंक्तिमा रहेका छन् ।

गत वर्ष लकडाउनपछि उनले अभिनय गरेका एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक भएका थिए । यसवर्ष पनि निषेधाज्ञा खुकुलो भएसँगै म्युजिक भिडियो छायांकनले गति लिएको छ । चलचित्रका गतिविधि ठप्प हुँदा म्युजिक भिडियो छायांकनका गतिविधि भने यतिबेला धमाधम भइरहेका छन् । यस वर्ष पनि चलचित्रका थुप्रै अभिनेता/अभिनेत्री म्युजिक भिडियोमार्फत काममा फर्किसकेका छन् । अभिनेता राजेश हमालले पनि म्युजिक भिडियोको काम थालनी गरेका छन् ।

चार वर्षपछि ‘सत्यम्’ मार्फत् चलचित्रको पर्दामा फर्किने हमालको तयारी थियो । उनले चलचित्रको काम सुरु भएपछि म्युजिक भिडियोमा काम नगर्ने बताएका पनि थिए । तर, चलचित्रको काम कहिलेदेखि सुरु हुने भन्ने अन्यौल रहँदा म्युजिक भिडियोमा काम गर्न सुरु गरेका हुन् । उनले (हिजो) सोमबार निषेधाज्ञापछि पहिलो म्युजिक भिडियोमा अभिनय गरेका छन् । अजय कार्कीको स्वरमा रहेको ‘हामी देश बचाँउ’बोलको देशभक्ति गीतमार्फत् राजेशले म्युजिक भिडियोको काममा आफूलाई फर्काएका हुन् । उनले अन्य केही म्युजिक भिडियोमा पनि काम गर्ने पक्का गरिसकेका छन् ।

प्रतिक्रिया