नुवाकोटमा एमसिसिले कुनै संरचना बनाए ध्वस्त पार्ने चेतावनी (फोटोफिचर)

admin

नुवाकोट जिल्लामा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) ले अधिग्रहण गरेको जमिनमा स्वतन्त्र राष्ट्रिय अभियान र उन्नत लोकतन्त्र पार्टीले कुनै संरचना बनाउन नदिने भएको छ ।

जिल्लाको बेलकोट नगरपालिका ९ मा एमसिसिले जमिन अधिग्रहण गरेको छ । सो जमिनमा स्वतन्त्र राष्ट्रिय अभियान र उन्नत लोकतन्त्र पार्टीले राष्ट्रिय झण्डा गाडेर कुनै संरचना बनाएमा ध्वस्त पार्ने चेतावनी दिएको हो ।

स्थानीय वासिन्दाले समेत त्यस ठाउँमा कुनै संरचना बनाउन नदिने बताउदै आएका छन् ।

सो जमिनमा आज स्वतन्त्र राष्ट्रिय अभियान र उन्नत लोकतन्त्र पार्टीको आयोजनामा एक कार्यक्रम समेत सम्पन्न भएको छ भने अधिग्रहण गरिएको जमिनमा नै उनीहरुले राष्ट्रिय झण्डा समेत गाडेका छन् ।

प्रतिक्रिया