नेकपाका नेता रिजाललाई समाजवादी पार्टी मै फर्कन किन अनुरोध गरियो ?

अस्मिता बेल्बासे

काठमाडौं, ११ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा समाजवादी पार्टीका पूर्व केन्द्रीय सहायक प्रवक्ता रामप्रसाद रिजाल नेकपा प्रवेश गरेकोमा जनता समाजवादी पार्टीका नेताहरू पछुताएको पाइएको छ ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राई तथा राजेन्द्र श्रेष्ठ लगायतले पूर्व पार्टी मै फर्कन नेता रिजाललाई अनुरोध गरेको कुरा बाहिरिएको हो । नेता रिजालसँग लामो फोन संवाद गरेर सो आग्रह गरेको बताइएको छ ।

पीएनपी खबरसँग कुरा गर्दै, नेकपा नेता रिजालले ठाडै जनता समाजवादीका शिर्ष नेताहरुसँग प्रतिवाद गर्दै नेकपामा आउन सुझाव दिइरहेको बताएका छन् । राजनीतिक भविष्यको लागि नेकपा आउन अनुरोध गर्दै नेता रिजालले एउटा जातको होइन सबै नेपालीको नेता बन्न उनीहरुलाई सुझाव दिएको बताइएको छ ।

त्यति मात्र होईन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका पूर्व प्रमुख सल्लाहकार डा. केके राईले समेत नेता रिजाललाई फोन गरी तपाईको जनता समाजवादीमा ठूलो खांचो भयो तपाईको क्षमताको पार्टीले उचित मूल्यांकन गर्ने समेत भनेका थिए ।

नेता रिजालले आफू दिर्घकालिन राजनीति गर्न नेकपामा आएको र देशको भविष्य नेकपामै भएको बताउदै नेता राईलाई पनि नेकपा आउन अनुरोध गर्दै आएका छन् । उपेन्द्र, बाबुराम, अशोक राईहरू पनि ढिलो चांडो नेकपा आउने नेता रिजालले ठोकुवा गरेका छन् ।

जनता समाजवादी पार्टीमा बाबुराम भट्टराई आएको भन्दा रामप्रसाद रिजाल गएकोमा ठूलो पार्टी लाई क्षति भएको स्थानीय नेता कार्यकर्ताहरुले बताउने गरेका छन् । जनता समाजवादी पार्टीमा नेता रिजाललाई जसरी पनि पूर्व पार्टीमा फर्काउन भन्दै चर्चा चलेको पनि स्रोतले बताएको छ ।

तर, हामीले सम्पर्क गर्दा नेता रिजालले मैले फेरि जन्म दिन सक्छु होला तर जनता समाजवादीमा फर्कन सक्दिन भनि टिप्पणी गरेका छन् । उनले भने, ‘जनता समाजवादी पार्टी पहाडमा त अवशेष मात्र छ मधेसमा पनि आगमि निर्वाचन बाट सकिदै छ त्यहाँका नेता कार्यकर्ताले गुनासो गर्दै दर्जनौं केन्द्रीय नेता तथा सयौं कार्यकर्ता नेकपा प्रवेश गर्ने तयारी गरिरहेका छन ।’

नेकपा प्रवेश गर्नेहरु आफ्नो सम्पर्कमा आईरहेको जानकारी दिंदै नेता रिजालले कोरोना सहज भएपछि नेकपाका शीर्ष नेताहरु बाट प्रवेश गराइने पनि बताए । पूर्व पत्रकार समेत रहेका रिजालको मिडियामा निकै चर्चा पाउने मध्येका एक हुन् ।

नेकपालाई मात्र गाली गरेर नथाक्ने उपेन्द्र यादव बाबुराम भट्टराई अशोक राईहरूलाई नेकपा जतिको समावेशी पार्टी बनाउन नेता रिजालले चुनौती दिएका छन् ।

प्रतिक्रिया