नेकपाले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज: सङ्घीय मन्त्री र मुख्यमन्त्रीले पाए जिम्मेवारी

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ५ साउन: नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिअनुसार महानगरपालिकालाई एक जिल्लासरह मानी नेपालका ६ महानगरपालिका भएका जिल्लामा एकभन्दा बढी इन्चार्ज रहेका छन् । यस्तै केही जिल्लामा इन्चार्ज मात्रै तोकिएको छ । लामो कसरतपछि नेकपाले जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेर पार्टी एकताको कामलाई पूर्णता दिएको हो ।

यस्तै पार्टीका विभिन्न विभाग प्रमुखसमेत छिट्टै तोकिने भएको छ । मङ्गलबार बस्ने पार्टीको सचिवालय बैठकले विभागका प्रमुख तोक्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले पार्टी एकता भएको १४ महीनापछि जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गरेको हो । तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते एकता भएको थियो । नेकपाले यसअघि नै जिल्ला अध्यक्ष तथा सचिव तोकिसकेको छ । काठमाडौँ, ललितपुर, कास्की, चितवन, पर्सा, मोरङको इन्चार्ज तथा सहइन्चार्ज तोकिएको छ ।

मन्त्री र मुख्यमन्त्रीसमेत जिल्ला इन्चार्ज
नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोक जिल्लाको इन्चार्ज तोकिनु भएको छ । यस्तै भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल स्याङ्जा जिल्ला इन्चार्ज तोकिनु भएको छ ।

यस्तै कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज तोकिनु भएको छ । यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोट जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएको छ । सोही प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी जुम्लाको सहइन्चार्ज तोकिनुभएको छ ।

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल धादिङ इन्चार्ज तोकिँदा प्रदेश नं १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वोले पाँचथर इन्चार्जको भूमिका पाउनुभएको छ । यस्तै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी पनि इन्चार्ज तोकिनु भएको छ ।

पन्ध्र जिल्ला र छ महानगरमा इन्चार्ज मात्रै
नेकपाले पन्ध्र जिल्ला र छ महानगरमा इन्चार्ज मात्रै तोकेको छ । त्यसमा ताप्लेजुङ भाष्कर काफ्ले, इलाम धीरेन्द्र शर्मा, नुवाकोट महेन्द्रबहादुर पाण्डे, काभ्रेपलाञ्चोक बाँस्कोटा, म्याग्दी भुपेन्द्रबहादुर थापा, मुस्ताङ श्रीमाया थकाली, नवलपरासी पश्चिम वैजनाथ चौधरी, गुल्मी दिनेश पन्थी, प्यूठान कृष्णध्वज खड्का, कालीकोट शाही, हुम्ला विजय भण्डारी, डोल्पा हंसबहादुर शाही, दार्चुला गणेश ठगुन्ना, सप्तरी रामप्रीत पासवान र ओखलढुङ्गामा यज्ञराज सुनवारले इन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।

यस्तै महानगरपालिकाहरु वीरगञ्जमा दिनेश राई, भरतपुरमा रेणु दाहाल, ललितपुरमा सुुशीला नेपाल, काठमाडौँमा जीवनराम श्रेष्ठ, पोखरामा मानबहादुर जिसी र विराटनगरमा इन्चार्जका रुपमा शिवकुमार मण्डल तोकिनुभएको छ ।

सिरहामा दश सहइन्चार्ज
नेकपाले २२ जिल्लामा तीनभन्दा बढी सहइन्चार्ज तोकिएको छ । सिरहामा सबैभन्दा बढी १० जना सहइन्चार्ज तोकिएको छ । काठमाडौँ, धनुषा र दाङमा नौ÷नौ जना सहइन्चार्ज रहेका छन् । कैलालीमा सात, महोत्तरीमा छ, कञ्चनपुर र सुनसरीमा पाँच÷पाँच तथा कास्की र सर्लाहीमा चार÷चार जना सहइन्चार्ज छन् । यस्तै झापा, मोरङ, खोटाङ, रौतहट, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, तनहुँ, रुपन्देही, बाँके र जाजरकोटमा तीन÷तीन जना सहइन्चार्ज तोकिएको छ सात जिल्लामा महिला इन्चार्ज नेकपाले सात जिल्लामा महिला इन्चार्ज तोकेको छ । छमध्ये दुई महानगरपालिकाले महिला इन्चार्ज पायो । दोलखामा भने इन्चार्ज र सहइन्चार्ज दुवै महिला छन् ।

दोलखामा, देवी खड्का इन्चार्ज र रचना खड्का सहइन्चार्ज हुनुहुन्छ । यस्तै रसुवामा विमला सुवेदी, काठमाडौँमा सावित्रा भुसाल, स्याङ्जामा अर्याल, बाग्लुङमा वलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरी इन्चार्ज तोकिनुभएको छ ।

नेकपा जिल्ला इन्चार्ज र सहइन्चार्जको नामावली यसप्रकार छ :

ताप्लेजुङ इन्चार्ज – भाष्कर काफ्ले

पाँचथर इन्चार्ज– इन्द्रबहादुर आङ्बो, सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङ र डम्बरसिंह सम्बाहाम्फे

इलाम इन्चार्ज– धीरेन्द्र शर्मा

झापा इन्चार्ज– रबीन कोइराला, सहइन्चार्जमा देवेन्द्र दाहाल, धर्मशीला चापागाईं र हरिबहादुर राजवंशी

मोरङ इन्चार्ज– घनेन्द्र बस्नेत, सहइन्चार्ज गोपीबहादुर सार्की अछामी, देउमान सम्बाहाम्फे र महेश रेग्मी

सुनसरी इन्चार्ज – धर्मराज निरौला, सहइन्चार्ज एकचन्द्र बराल, जगदीश कुशियत, तैयव हुसेन मिया, मोहम्मद महफुज अन्सारी र रामकुमारी चौधरी

धनकुटा इन्चार्ज – हेमराज भण्डारी

तेह्रथुम इन्चार्ज – जयन्ती राई, सहइन्चार्जमा दुर्गाप्रसाद चापागाईं र विजय सुब्बा

सङ्खुवासभा इन्चार्ज – राजेन्द्रकुमार राई, सहइन्चार्जम राजेन्द्र कार्की

भोजपुर इन्चार्ज – सुदन राई किराती, सहइन्चार्जमा हरिबहादुर राई

खोटाङ इन्चार्ज – विशाल भट्टराई, सहइन्चार्जमा दुर्गाजयन्ती राई, राजन राई, रामकुमार राई र समिता कार्की

सोलुखुम्बु इञ्चार्ज – शिवबहादुर बस्नेत, सहइन्चार्ज – हेमकुमार राई

ओखलढुङ्गा इन्चार्ज– यज्ञराज सुनवार

उदयपुर इन्चार्ज – बलदेव चौधरी, सहइन्चार्जमा मञ्जुकुमारी चौधरी

विराटनगर महानगरपालिका इन्चार्ज – शिवकुमार मण्डल

सप्तरी इन्चार्ज – रामप्रीत पासवान

सिरहा इन्चार्ज – लीलानाथ श्रेष्ठ, सहइन्चार्जमा अजयशङ्कर नायक, गङ्गाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पासवान, रामकुमार यादव, रामरतीदेवी राम, रामचन्द्र यादव, सीता पोख्रेल र हरिनारायण चौधरी

धनुषा इन्चार्ज – जोगकुमार बर्वरिया, यादव सहइन्चार्जमा जुलीकुमारी महतो, महादेव यादव, योगनारायण यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, बोधमाया कुमारी यादव, सुधीर शाह, शत्रुध्न महतो र हरिनारायण महतो

महोत्तरी इन्चार्ज – राजु खड्का, सहइन्चार्जमा प्रकाशहरि पोख्रेल, टेकबहादुर बलम्पाकी, भरतप्रसाद शाह, रामकुमार शर्मा, रामदयाल मण्डल र सरोज यादव

सर्लाही इन्चार्ज – डाचाराज वाग्ले, सहइन्चार्जमा अच्युतम काफ्ले, कमलादेवी महतो, रवीन्द्र बैठा धोवी र लक्ष्मण पौडेल

रौतहट इन्चार्ज – युवराज भट्टराई, सहइन्चार्जमा कल्याणीकुमारी खड्का र सरलाकुमारी यादव

बारा इन्चार्ज – बलवीरप्रसाद चौधरी, सहइन्चार्जमा गोपाल ठाकुर र ज्वालाकुमारी शाह

पर्सा इन्चार्ज – नागेन्द्र चौधरी, सहइन्चार्ज र रामचन्द्र शाह तेली

वीरगञ्ज महानगरपालिका इन्चार्ज – दिनेश राई

चितवन इन्चार्ज – कृष्ण खनाल, सहइन्चार्जमा ईश्वरीप्रसाद भट्टराई, गङ्गाकुमारी बेलवासे र ज्ञानु बस्नेत सुवेदी

मकवानपुर इन्चार्ज – विरोध खतिवडा, सहइन्चार्जमा कुमारी मोक्तान र रामेश्वर राना

धादिङ इन्चार्ज – शालिकराम जम्मकट्टेल, सहइन्चार्ज र खेम लोहनी

नुवाकोट इन्चार्ज – महेन्द्रबहादुर पाण्डे

रसुवा इन्चार्ज – विमला सुवेदी, सहइन्चार्जमा माधव अर्याल

सिन्धुपाल्चोक इन्चार्ज – कृष्ण सापकोटा, सह–इन्चार्जमा अरुण नेपाल, माधव सापकोटा र युवराज दुलाल

दोलखा इन्चार्ज – देवी खड्का, सहइन्चार्जमा रचना खड्का

रामेछाप इन्चार्ज – देशशङ्कर पौडेल, सहइन्चार्जमा कैलाश ढुङ्गेल र श्यामकुमार श्रेष्ठ

सिन्धुली इन्चार्ज – विषमलाल अधिकारी, सहइन्चार्जमा उमादेवी कोइराला, कमलजङ्ग राई र गणेश पहाडी

काभ्रेपलाञ्चोक इन्चार्ज – गोकुल बाँस्कोटा

भक्तपुर इन्चार्ज – दिलीपकुमार प्रजापति, सहइन्चार्जमा सोमप्रसाद मिश्र

ललितपुर इन्चार्ज – हरि दाहाल, सहइन्चार्जमा प्रमेश हमाल

काठमाडौँ इन्चार्ज – सावित्रा भुसाल, सहइन्चार्जमा अञ्जना विशङ्खे, कुमार पौडेल, दिलीप महर्जन, नारायण सिलवाल, पार्वती थापा, वसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल र सुरेन्द्र मानन्धर

भरतपुर महानगरपालिका इन्चार्ज – रेणु दाहाल

ललितपुर महानगरपालिका इन्चार्ज – सुशीला नेपाल

काठमाडौंँ महानगरपालिका इन्चार्ज – जीवनराम श्रेष्ठ

गोरखा इन्चार्ज – कृष्णप्रसाद धिताल, सहइन्चार्जमा परशुराम रम्तेल, सुशीला सिम्खडा र चुडामणि जङ्गली

तनहुँ इन्चार्ज – हरिबहादुर चुमान, सहइन्चार्जमा आशा कोइराला, एकबहादुर राना र प्रतापलाल श्रेष्ठ

लमजुङ इन्चार्ज – मायानाथ अधिकारी सहइन्चार्जमा अमरबहादुर तमु

स्याङ्जा इन्चार्ज – पद्मा अर्याल, सहइन्चार्जमा सीता सुनदास

कास्की इन्चार्ज – राजकाजी गुरुङ, सहइन्चार्जमा श्रीनाथ बराल, भीम कार्की, सीता गिरी र शारदा सुवेदी

मनाङ इन्चार्ज – रामशरण बस्नेत

नवलपरासी पूर्वइन्चार्ज – तिलक महत, सहइन्चार्जमा बालकृष्ण गैरे र रवीन्द्र अधिकारी

पवर्त इन्चार्ज – गुप्तबहादुर ठकुरी

बाग्लुङ इन्चार्ज – वलावती शर्मा, सहइन्चार्जमा मनाकुमारी जिसी केसी

म्याग्दी इन्चार्ज – भुपेन्द्रबहादुर थापा

मुस्ताङ इन्चार्ज – श्रीमाया थकाली

पोखरा महानगरपालिका इन्चार्ज – मानबहादुर जिसी

नवलपरासी पश्चिम इन्चार्ज – वैजनाथ चौधरी

रुपन्देही इन्चार्ज – लीला गिरी, सहइन्चार्जमा एकराज विश्वकर्मा, खिमलाल भट्टराई र दधिराम न्यौपाने

कपिलवस्तु इन्चार्ज – गिरिधारीलाल न्यौपाने, सहइन्चार्जमा विमला घिमिरे

पाल्पा इन्चार्ज – सोमप्रसाद पाण्डेय, सहइन्चार्जमा तुलाराम घर्ती

गुल्मी इन्चार्ज – दिनेश पन्थी

अर्घाखाँची इन्चार्ज – नजीर मियाँ, सहइन्चार्ज सुशीला श्रीपाइली ठकुरी

प्यूठान इन्चार्ज – कृष्णध्वज खड्का

दाङ इन्चार्ज – जीवन गौतम, सहइन्चार्जमा इन्द्रजीत थारू, दामाकुमारी शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, नरुलाल चौधरी, भागवत विश्वासी, मेटमणि चौधरी, हेमराज शर्मा पोख्रेल र शान्ता चौधरी

रुकुम पूर्वइन्चार्ज – खेममान खड्का, सहइन्चार्जमा कमला रोका र तेजबहादुर ओली

रोल्पा इन्चार्ज – दीपेन्द्र पुन, सहइन्चार्जमा ताराकुमारी घर्ती र नवीन रोका मगर

बाँके इन्चार्ज – दिनेश यादव, सहइन्चार्जमा पूर्णकुमारी सुवेदी, महेश्वरजङ्ग गहतराज र मोहमद हारुन हलुवाई

बर्दिया इन्चार्ज – लक्ष्मण ज्ञवाली, सहइन्चार्जमा तिलकराम शर्मा र सन्तकुमार चौधरी

सुर्खेत इन्चार्ज – नरबहादुर बिष्ट, सहइन्चार्जमा झकबहादुर मल्ल

दैलेख इन्चार्ज – लक्ष्मीप्रसाद पोख्रेल, सहइन्चार्जमा राजबहादुर बुढा

जाजरकोट इन्चार्ज – भैरवसुन्दर श्रेष्ठ, सहइन्चार्जमा गोविन्दविक्रम शाह, नीरज आचार्य र रामदीप आचार्य

कालीकोट इन्चार्ज – महेन्द्रबहादुर शाही

जुम्ला इन्चार्ज – गजेन्द्रबहादुर महत, सहइन्चार्जमा नरेश भण्डारी

मुगु इन्चार्ज – मोहन बानियाँ, सहइन्चार्जमा चन्द्रबहादुर शाही

हुम्ला इन्चार्ज – विजय भण्डारी

डोल्पा इन्चार्ज – हंसबहादुर शाही

सल्यान इन्चार्ज – टेकबहादुर बस्नेत, सहइन्चार्जमा गुलाबजङ्ग शाह

रुकुम पश्चिम इन्चार्ज – राजकुमार शर्मा, सहइन्चार्जमा वसन्तकुमार शर्मा र शेरबहादुर केसी

दार्चुला इन्चार्ज – गणेश ठगुन्ना

बैतडी इन्चार्ज – नरेन्द्रबहादुर कुँवर, सहइन्चार्जमा पुरनसिंह दयाल र रेणु चन्द

डडेलधुरा इन्चार्ज – खगराज भट्ट, सहइन्चार्जमा निरादेवी जैरु

कञ्चनपुर इन्चार्ज – विक्रम शाही, सहइन्चार्जमा देवीलाल चौधरी, निरुदेवी पाल, राजेन्द्र रावल, रामकुमार ज्ञवाली र लालबहादुर विश्वकर्मा

कैलाली इन्चार्ज – रुपा चौधरी सहइन्चार्जमा मदनकुमारी शाह, झपटबहादुर रावल, नारदमुनि राना, वीरमान चौधरी, महेश्वर पाठक, लीलाकुमारी भण्डारी, हरिनारायण चौधरी

डोटी इन्चार्ज – प्रेमबहादुर आले, सहइन्चार्जमा गौरी ओली

अछाम इन्चार्ज – तारामान स्वाँर, सहइन्चार्जमा शरदसिंह भण्डारी

बझाङ इन्चार्ज – भैरवबहादुर सिंह, सहइन्चार्जमा देवराज रेग्मी

बाजुरा इन्चार्ज – लालबहादुर थापा, सहइन्चार्जमा प्रकाशबहादुर शाह

प्रतिक्रिया