नेकपा आन्तरिक द्वन्द्वमा बाबुरामको प्रवेश रहस्यमय : पूर्वमन्त्री बाँस्कोटा

admin

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपाको आन्तरिक शक्ति संघर्षमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको सक्रियता रहस्यमय भएको टिप्पणी गरेका छन् । पछिल्लो समय भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा लेखिरहेका छन् ।


सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै बाँस्कोटाले नेकपा विबादमा धोवीघाट गठबन्धनका स्वघोषित सुत्राधार भट्टराईको खुल्ला प्रवेश भएको टिप्पणी गरेका हुन् । ‘नेकपाको आन्तरिक शक्तिसङघर्षमा भूतपुर्व कमरेड डा। बावुरामको रहस्यमय तर सक्रिय र खुल्ला प्रवेशले धोबीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन म पनि खुशी छु ।

अब पोल्टो र भूँइ बचाउने सङघर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाईराछ, हेरौ के हुन्छ’ बास्कोटाले ट्वीटरमा लेखेका छन् ।

२०६८ सालमा तत्कालीन नेकपा माओवादीभित्र बाबुराम भट्टराई र मोहन बैद्य मिलेर तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध गठबन्धन गरेर बाबुराम प्रधानमन्त्री बनेका थिए । पछिल्लो समय भट्टराईले ओली सरकार ढाल्नु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया