नेकपा कार्यकर्ताबीच कु’टाकु’ट, आठ घा’इते

admin

काठमाडौं, कात्तिक ६ : पर्सामा नेपाल कम्युनिष्ट पार्टीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच कु’टा’कुट भएको छ। बिहीबार दिउँसो विन्दबासिनी गाँउपालिका-५मा नेकपाको गाँउपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झ’डप भएको हो।

झ’डपमा आठ जना घा’इते भएका छन्। त्यसमध्ये एक जनाको अवस्था ग’म्भीर भएको पर्साका प्र’हरी प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिए।  ‘पार्टीभित्रै दुई पक्षबीच झ’डप भएको हो। आठ जनामध्ये एक जनाको टाउकोमा चो’ट लागेको हुँदा अवस्था अलि गम्भीर छ,’ डिएसपी कुँवरले भने।

उनीहरूबीच के कारणले कु’टाकु’ट भएको भन्ने स्पष्ट भइसकेको छैन। ग’म्भीर घा’इते हुनेमा मुकेश चौरासिया छन्। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ। डिएसपी कुँवरका अनुसार अन्य ७ जना भने सामान्य घा’इते छन्। केही भने अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्।

प्रतिक्रिया