नेकपा पञ्चपुरी नगर कमिटीको पहिलो चरणको संगठनात्मक अभियान सम्पन्न

admin
  • खगेन्द्र हमाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)पञ्चपुरी नगर कमिटीको पहिलो चरणको संगठनात्मक अभियान आज पौष -२८ गते सम्पन्न भएको छ। यहि मिति २०७६ मंसिर -८ गते नगर कमिटीको सपथ ग्रहण तथा प्रथम पूर्ण बैठक सम्पन्न भईसके पछि मंसिर- १६ गते बसेको दोस्रो पूर्ण बैठकले पञ्चपुरी नगरपालिका अन्तर्गतका -११ वटै वडा कमिटीहरुको एकता टुंगोमा लगाउनुका साथै वडा कमिटीका सपथ ग्रहण कार्यक्रमहरु (मंसिर -२४ देखि पौष-१५) तय गरि सम्पन्न गरेको छ ।

पौष-५ गते सम्पन्न भएको नगर सचिवालयको प्रथम बैठले साविकका -५ गा.वि.स.लाई आधार बनाउदै कार्यालय टिमका -५ जनाको संयोजन गर्ने कार्यक्षेत्र बिभाजन गरि (साविक बावियाचौर-क.मन बहादुर वि.क. , साविक सालकोट-क.केशव शाही ,साविक बिध्यापुर-क.भिम बहादुर रावत,साविक तातापानी-क.पारस बिष्ट र साविक छाप्रे-क.शान्तिराज खराल) पौष-२५ गते सम्म सम्पूर्ण टोल कमिटीहरु गठन गर्ने योजना बमोजिम अाज पौष- २८ गते सम्पूर्ण टोल कमिटीहरुको गठन कार्य भव्यरुपमा सम्पन्न गरेको छ।

करिव २ वर्षको कमिटी विहिनताको तरलता र संक्रमणकालीन अवस्थाको अन्त्य ,नेता कार्यक्रताहरुमा अभूतपूर्व एकता , आत्मविश्वास र उच्च मनोबल सहितको गतिशीलता पैदा भएको छ। यश अभियानका क्रममा ११ वटा वडा कमिटी ,४६ वटा टोल कमिटीहरुको गठन हुनुका साथै १२०७ जना नेता कार्यक्रताहरु संगठित भएका छन् ,६१ वटा केन्द्रित औँपचारिक कार्यक्रमहरु,करिव ३००० नेता कार्यकर्ता , समर्थक शुभचिन्तक र जनताहरुसंग प्रत्यक्ष भेटघाट छलफल भएको छ र १५० जना भन्दा बढीले अन्य पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पञ्चपुरी नगर कमिटी ,सुर्खेतका सचिव केशव शाहिले यस अभियानलाई ऐतिहासिकरुपले सफल बनाउनका लागि प्रत्यक्ष जोडिएर महत्त्वपूर्ण सहयोग गर्नुहुने सम्पूर्ण जिल्ला /नगर/वडा/टोल कमिटी लगायतका सबै सबैलाई नगर कमिटीको तर्फबाट हार्दिक अाभार सहित धन्यवाद व्यक्त गरेका थिए।

प्रतिक्रिया