नेकपा विभाजन उन्मुख टकराव

admin

काठमाडौं, १९ असार : सत्तारुढ नेकपाको आन्तरिक किचलो चरमोत्र्कषमा पुगेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजिनामा गराउन स्थायी समितिको बहुमत अग्रसर भएपछि टकरावको स्थिति आएको छ। प्रधानमन्त्री दुवै पदबाट राजिनामा गर्न इच्छुक छैनन्। बरु, बैठककै बीचमा मन्त्रिपरिषद्बाट सिफारिस गराएर उनले संसद् अधिवेशन अन्त्य गराएका छन्। त्यसले झन् असमझदारी बढाएको छ।

पार्टीभित्र देखा परेको आन्तरिक किचलो, सीमा समस्या र समाधान, सरकार एवं पार्टी कामको समीक्षा, एमसिसि परियोजनालगायत विषयमा छलफल गर्न बोलाईएको बैठकले एकाएक फरक रूप लिएको हो। असार १४ मा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन भारतीय राज्य संन्यत्र सक्रिय रुपमा लागेको र त्यसमा नेपालका नेताहरु समेत संग्लन्न रहेको आरोप लगाएपछि बैठक त्यता मोडियो।

असार १६ को बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले दुवै नेतृत्वबाट ओलीको राजीनामा मागेका थिए। ओलीले दुवै पदवाट राजीनामा नदिने रणनीति वनाएपछि अन्तरसंघर्षले चरम रूप लिएको छ।

त्यही क्रममा दुवै पक्षका बाक्ला बैठक वुधबारदेखि जारी छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा दुवै तर्फका केही स्थायी समिति सदस्यसँग छलफल गरेका थिए। प्रत्युत्तरमा दाहाल–नेपाल पक्षले ललितपुरको झम्सिखेलमा निकट नेताहरुको भेला बोलाए। दुवैतिरका बैठकले विवादलाई झन् चरमोत्र्कषमा पुर्‍यायो।
विहिवार पार्टी वैठक अगाडी दुई अध्यक्षवीच वालुवाटारमा भएको छलफलमा आ–आफ्नै अडान कायम रहे। लगत्तै प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्यको निर्णय लिएक। वालुवाटारमै पार्टी वैठक चलिरहेका वेला संसद् अधिवेदश अन्त्य गराउनुले पार्टी एकता गम्भिर संकटमा परेको प्रवक्ता नारायणकाजी श्रेष्ठले वताए।

२०७५ जेष्ठ ३ मा तत्कालिन एमाले र माओवादीवीच एकता भई नेकपा वनेको थियो। पार्टी एकताको २६ महिनामै झण्डै दुई तिहाई मतसहित केन्द्रीय सरकार बन्यो। ७ मध्ये ६ प्रदेश र ५ सयभन्दा बढी स्थानिय तहका सरकार नेकपाले पायो।

राजनीतिक रूपमा मजबुत बनेको नेकपा पछिल्लो आन्तरिक विवादले फुटको संघारमा आइपुगेको छ। यस अघिका विवादहरु कुनै न कुनै बिन्दुमा समाधानमुखी अवस्थामा पुगेपनि यो पटकको समाधान के होला ? नेकपाका कुनै पनि नेता बताउन सक्ने हालतमा छैनन्। अन्नपूर्ण पाेस्ट दैनिकमा रामकृष्ण अधिकारीले समाचार लेखेका छन् ।

प्रतिक्रिया