केही बेर बसेर आउँदो २० गतेसम्मका लागि स्थगित भयो, नेकपा सचिवालय बैठक

admin

काठमाडौं, १७ मंसिर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार केही बेर बसेर स्थगित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केही बेर छलफल गरेर बैठक सकिएको छ ।

अब अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले एकअर्कालाई आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि विवाद हुँदै आएको छ ।

प्रधानमन्त्री ओली बैठक नै नबस्ने पक्षमा छन् तर अन्य सचिवालयका सदस्यले भने दुवै अध्यक्षको प्रस्ताव सचिवालयसहित अरू बैठकमा छलफल हुनुपर्ने धारणा राख्दै आएका छन् । मंगलबारको बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ ।

मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो । कार्यकारी अध्यक्षको प्रस्तावलाई लिएर ओली असन्तुष्ट बनेका छन् ।

सबै समस्याको समाधान बैठकमार्फत खोज्नुपर्नेमा दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत सचिवालय सदस्यहरूको अडान रहेको छ । प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको ओलीले बताउदै आएका छन् भने प्रस्तावबारे निर्णय गर्ने अधिकार पार्टी बैठकको रहेकोले फिर्ता नगर्ने अडान दाहालको छ ।

प्रतिक्रिया