नेकपा सचेतक चौधरीद्वारा विद्यार्थीलाई सहयोग

admin

नारायणपुर, १२ मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । घोराही उपमहानगरपालिका–४ सुनपुरस्थित आधारभूत विद्यालयमा पुगेर आफूले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

विद्यार्थी सरोज अर्याल, नविना गुरुङ, रीता चौधरी, सङ्गीता थापा र पुष्पा विकलाई कापीकलम, स्कूल ड्रेस, झोला सहयोग गरेको सचेतक चौधरीले बताउनुभयो । विद्यार्थी भर्ना अभियानका क्रममा सरकारको योजनाअनुसार सचेतक चौधरीले पनि विपन्न विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।
-रासस

प्रतिक्रिया