नेकपा सुर्खेतले स्थानीय तहको एकता टुङ्गो लगायो

admin

खगेन्द्र हमाल/ सुर्खेत, कात्तिक २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकतालाई अन्तिम मध्यनजर गर्दै सुर्खेत जिल्लाका स्थानीय तहहरुमा पार्टी एकता टुङ्गो लगाएको छ।

नौं वटा स्थानिय तह रहेको सुर्खेत जिल्लामा पूर्व एमालेको भागमा ५ स्थानीय तह र पूर्व माओवादीको भागमा चार स्थानिय तह भाग परेको छ।

पूर्व एमालेको भागमा
पञ्चपुरी नगरपालिका
गुर्भाकोट नगरपालिका
लेकबेसी नगरपालिका
सिम्ता गाँउपालिका

बराहताल गाँउपालिका गरी ३ नगरपालिका र २ गाँउपालिका भाग परेको छ।

यस्तै पूर्व माओवादीको भागमा
१,वीरेन्द्रनगर नगरपालिका
२,भेरीगंगा नगरपालिका
३,चौकुने गाँउपालिका
४,चिङगाड गाँउपालिका

नेकपाको सुर्खेत जिल्लाको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । जिल्ला कमिटी बैठकमा प्रस्ताव लिनको लागि सचिवालयले निर्णय गरेको सुर्खेत जिल्लाका नेता अमृत बिसिले जानकारी दिनुभयो।

१.वीरेन्द्रनगर नगरपालिका
अध्यक्षमा/गंगराम तिमिल्सेना
सचिवमा/ गणेश वली

२.भेरीगंगा नगरपालिकामा
अध्यक्षमा/नरेन्द्र कार्की
सचिवमा/ टिकाराम सुवेदी

३.गुर्भाकोट नगरपालिकामा
अध्यक्ष /देव बहादुर खत्री
सचीव /मोती विक

४.पञ्चपुरी नगरपालिकामा
अध्यक्ष / मन बहादुर विक
सचीव / केश बहादुर शाही

५.लेकबेसी नगरपालिकामा
अध्यक्ष /टिकारम सोमई
सचीव/मदन गाहा

६.सिम्ता गाँउपालिकामा
अध्यक्ष कविन्द्र केसी
सचिव/झुप बहादुर बुढा आश्निल

७. बराहताल गाँउपालिकामा
अध्यक्ष/ओम बहादुर महतरा
सचिवमा/ बल बहादुर कठायत

८.चौकुने गाँउपालिकामा
अध्यक्ष/ गंगराम विक
सचीव /हरी अधिकारी

९.चिङगाड गाँउपालिकामा
अध्यक्ष/सम्मर बिक
सचीव/हर्क बहादुर राना

कर्णाली प्रदेशका सबै जिल्लाहरुमा स्थानीय तहका कमिटि सम्म पार्टी एकता भए पनि सुर्खेतमा भने अहिलेसम्म हुन सकेको थिएन ।तत्काल जिल्ला सचिवालयको बैठकले स्थानीय स्तरका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । यसलाई जिल्ला कमिटि बैठकबाट अनुमोदन गराउने नेकपा सुर्खेतका नेता अमृत बिसिले जानकारी दिनुभयो।

प्रतिक्रिया