नेता गगनको आक्रोश – ‘हामीलाई हेप्ने, नपढीकन आयो भन्ने’

मनिषा थापा

भक्तपुर :  सरकारले ल्याएको सूचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले माइतिघर मण्डलामा हिजो (बिहीबार) आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकको शब्द–शब्दमा छलफल गर्न सञ्चारमन्त्री गोकुल बास्कोटासँग तयार रहेकाे बताएका छन्।

उनले मण्डलाबाटै मन्त्री बास्कोटालाई  प्रश्न गर्दै भने, ‘छलफल कहाँ गर्ने, माईतीघर मण्डलामा, संसदमा गर्ने हो कि तिम्रो कार्यालयमा गर्ने हो ? हामी पढेर, बुझेर आएको हौ। हामीलाई हेप्ने ? नपढी आएको हो भन्ने ? दफा-दफामा छलफल गर्न तयार छु।’ नेता थापालाई केहि दिन अघि मन्त्री बास्कोटाले विधेयक नबुझी आएको भन्दै लगाएको आरोपको खण्डन गर्दै उनले यसो भनेका हुन्।

अहिले सुचना विधेयकले जनताको वाक स्वतन्त्रता खोस्न खोजेको उनको गुनासो छ। बोल्न, सोच्न पाउने हक अब सरकारलाई मात्र रहेको भन्दै उनले भने, ‘श्री ६ बडामहारानी विद्या भण्डारीकी जय, श्री ५ महाराजधिराज केपी ओलीकी जय र श्री ३ महाराजधिराज प्रचण्ड की जय भन्ने मान्छे बाँच्यो, बाँकी मान्छे मर्यो।’

सरकारले प्रस्तावित सूचना प्रविधि विधेयकमार्फत सरकारले समाजिक सञ्जालमा पनि अंकुश लगाउन खोजेको भन्दै व्यापक विरोध भइरहेको छ। व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर दण्डित गर्ने व्यवस्था गरेको भन्दै विरोध नेविसंघले विरोध गरेका हुन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू