नेता जोशीलाई शीर्ष नेताहरुको श्रद्धाञ्जली, प्रचण्ड पुगे ओली किन गएनन ? (भिडियो)

admin

काठमाडौं, १४ चैत : नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् । शुक्रबार राति निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा राखिएको थियो ।

सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । त्यस्तै सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले श्रद्धाञ्जली दिएका थिए ।

सो क्रममा कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले स्वर्गीय जोशीको योगदानको स्मरण गर्नुभएको थियो । तर अन्तिम श्रद्धान्जली दिन प्रधानमन्त्री केपी ओली गएनन ।

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया