नेतृत्वको अयोग्यताले कांग्रेस अवैध हुने अवस्थामा पुग्यो : नेता सिंह

admin

काठमाडौं, कार्तिक ७ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।

आइतबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाले पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको र पार्टी अवैध हुने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको हो ।

उहाले केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको आरोप लगाउनुभयो ।

त्यस्तै उहाले तोकिएको मितिमा नै पार्टीको महाधिवेशन हुने बताउनुभयो । १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको भन्दै उहाले आफु सभापतिको अभियानमा होमिसकिएको बताउनुभयो ।

तयस्तै उहाले पार्टी सभापतिले सरकार र पार्टी चलाउन नसकेको आरोप पनि लगाउनुभयो । उहाले मुलुकमा बाढि पहिरोबाट निकै क्षति पुगेपनि सरकारले उचित ध्यान दिन नसकेको बताउनुभयो ।

 

प्रतिक्रिया