नेपथ्यमय बन्दै ब्रिसबेन, बिद्यार्थी र बालबालिकालाई भारी छुट

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। ब्रिसबेन शहरको मुटु फोर्टीट्युड भ्यालीमा नोभेम्बेर १९ तारिकको दिन ‘नेपथ्य लाइभ २०१९’ कार्यक्रम हुने भएको छ। कार्यक्रममा नेपथ्य ब्याण्डको प्रस्तुतिको साथै अन्य आकर्षणहरु पनि रहने छन्। सिड्नी र ब्रिसबेनबाट डिजे नट्केस र डिजे गुर्खाको प्रस्तुति रहने छ।

उक्त कार्यक्रम हिमालयन बिजनेस ग्रुपमार्फत आयोजना गरिएको हो। साथै प्रायोजनमा मिराई एडुकेशन, गोल्ड स्पोन्सरमा ओली याण्ड एसोसिएट्स र सिल्भर स्पोन्सरमा नोभा एडुकेशन याण्ड भिसा सर्भिसेस रहेको छ। यस कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ब्ल्याक आइ क्रियशन, त्रिपल एन अनलाईन स्टोर, सी इभेन्ट्स, नेप्ज ब्रिसबेन, सब्रिना इभेन्ट्स र एनएम इभेन्ट्सको सहयोग रहेको छ।

कार्यक्रम सम्पन्न पार्नको निमित्त प्रत्यक्ष वा अप्रत्यक्ष साथसहयोग गरिदिनु हुने सम्पूर्ण सहयोगी मनहरुलाई आयोजक टिमले धन्यबाद दिदैँ सहयोग अतुलनिय रहने बताएको छ।

कार्यक्रम हुने ठेगाना :

भेन्यु : द फोर्टीट्युड म्युजिक हल

ठेगाना : ३१८ ब्रन्सविक स्ट्रीट, फोर्टीट्युड भ्याली

टिकेट धमाधम बिक्रि भईरहेको छ। कृपया यहाँहरु पनि कार्यक्रममा सहभागी हुन चाहानुहुन्छ र विदेशी भूमिमा नेपालीपनको आभास गर्न चाहानुहुन्छ भने टिकेट आजै किन्न सक्नुहुन्छ। टिकेट किन्नको लागि तलको नम्बरमा सजिलै सम्पर्क गर्न सक्नुहुन्छ।

सुनिल बस्नेत : ०४२४११२५७७

सम्भु घैसे : ०४१२५५२७१३

म्यान्डी केसी : ०४४९८१९३४९

विद्यार्थीका लागि विशेष सहुलियतका साथ् टिकेट बिक्रीवितरण भइरहेको हुँदा विद्यार्थी भाइबहिनीहरुलाई आजै टिकेट बुक गर्नुहुन अनुरोध गरिन्छ। विद्यार्थीका लागि प्रति टिकेटको ३० डलर रकम पर्ने छ।नोभेम्बेर १ तारिक देखि नोभेम्बेर ७ तारिकको दिन सम्म मात्र टिकेट विक्रिवितरण हुने भएकाले विद्यार्थीले सक्दो चाडो टिकेट बुक गर्न आयोजक टिमलाई सम्पर्क गर्न सक्नुहुनेछ। टिकेट किन्नको लागि विद्यार्थीले आफ्नो विद्यार्थी कार्ड अनिवार्य देखाउनु पर्ने छ।

यस कार्यक्रममा बालबालिकालाई पनि विशेष छुट प्रदान गरिएको छ। बालबालिकाको लागि टिकेट सबै भन्दा कम मुल्यको निर्धारण गरिएको छ। प्रति टिकेट २० डलर तोकिएको आयोजक टिमले बताएको छ।

नेपाली ब्यान्ड ‘नेपथ्य’ को चर्चा विश्वव्यापक छ। अझ भनौ जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ नेपथ्य ब्याण्डको लाइभ शो नभएको ठाउँ नहोला। अत्यन्त्यै लोकप्रिय यस ब्याण्डले फेरी पनि एक पटक अस्ट्रेलियामा बस्नुहुने नेपाली समुदायलाई नचाउने भएको छ। कार्यक्रममा उपस्थित दर्शकलाई सम्भब भएसम्म सानो आकारको नेपाली झण्डा लिएर आउँन आयोजक टिमले अनुरोध गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू