ब्रिस्बेनमा नेपथ्य

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। ब्रिसबेन शहरको मुटु फोर्टीट्युड भ्यालीमा नोभेम्बेर १९ तारिकको दिन ‘नेपथ्य लाइभ २०१९’ कार्यक्रम हुने भएको छ। कार्यक्रममा सहभागी हुनका लागि नेपथ्यको ब्याण्ड सदस्य ब्रिसबेन आइसकेका झन्। भोलि हुने कार्यक्रममा नेपथ्यको प्रस्तुतिको साथै सिड्नी र ब्रिसबेनबाट डिजे नट्केस र डिजे गुर्खाको प्रस्तुति रहने छ।

उक्त कार्यक्रम हिमालयन बिजनेस ग्रुपमार्फत आयोजना गरिएको हो। साथै प्रायोजनमा मिराई एडुकेशन, गोल्ड स्पोन्सरमा ओली याण्ड एसोसिएट्स र सिल्भर स्पोन्सरमा नोभा एडुकेशन याण्ड भिसा सर्भिसेस रहेको छ। यस कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ब्ल्याक आइ क्रियशन, सी इभेन्ट्स, नेप्ज ब्रिसबेन, सब्रिना इभेन्ट्स, त्रिपल एन अनलाईन स्टोर र एनएम इभेन्ट्सको सहयोग रहेको छ।

कार्यक्रम हुने ठेगाना :

भेन्यु : द फोर्टीट्युड म्युजिक हल

ठेगाना : ३१८ ब्रन्सविक स्ट्रीट, फोर्टीट्युड भ्याली

नेपाली ब्यान्ड ‘नेपथ्य’ को चर्चा विश्वव्यापक छ। अझ भनौ जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ नेपथ्य ब्याण्डको लाइभ शो नभएको ठाउँ नहोला। अत्यन्त्यै लोकप्रिय यस ब्याण्डले फेरी पनि एक पटक अस्ट्रेलियामा बस्नुहुने नेपाली समुदायलाई नचाउने भएको छ। कार्यक्रममा उपस्थित दर्शकलाई सम्भब भएसम्म सानो आकारको नेपाली झण्डा लिएर आउँन आयोजक टिमले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू