नेपालका ए डिभिजन क्लबले पाएनन् एएफसीको लाइसेन्स, सबै अयोग्य ठहर

admin

काठमाडौं, १६ मंसिर । नेपालका ए डिभिजन फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन् । एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन् ।

नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर एएफसीले उक्त आवेदन अस्वीकार गरेको छ । २०२१ का लागि नेपालका १३ ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि आवेदन दिएकोमा कुनै क्लबले पनि मापदण्ड पूरा गर्न नसकेपछि एएफसीले आवेदन अस्वीकार गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

गत सिजन बी डिभिजन लिगमा घटुवा भएको सरस्वती युथ क्लबले भने क्लब लाइसेन्स आवदेन प्रक्रियामा थिएन । क्लब लाइसेन्सका लागि क्लबको आफ्नै खेल मैदान, युवा टोली, एकेडेमी, खेलाडी बसोबासको व्यवस्था, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र पदाधिकारी हुनुपर्ने लगायत मापदण्डको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया