‘नेपालका लागि नेपाली’ अभियान नै शंकास्पद’

मनिषा थापा

पिएनपिखबर : भ्रष्टाचार विरुद्ध अभियान बोकेको ‘नेपालका लागि नेपाली’ अभियानको विवाद अहिले निकै चुलिएको छ। केहि दिन अघि उक्त अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीलाई निष्काशित गरिएपछि धेरैले अभियानको विरोध गरेका छन्।

शाहीले अभियान छाड्नुमा समाजसेवी विनयजंग बस्नेतको हात भएको पनि केहि अभियान्ताहरुको आरोप छ। यसै सन्दर्भमा बोल्दै बस्नेतले भने, ‘मैले उक्साएर उक्सिने व्यक्ति शाही हैनन्। उनी तनमन लगाएर काम गर्छन। राजावादी हावी भएपछि शाहीले अभियान छाडे। उनी स्वतन्त्र मान्छे हुन्, केहि समय अघि राजावादीको बारे बोल्न उनलाई बाध्य बनाइएको हो।’

उनले अघि भने, ‘भ्रष्टाचार विरुद्ध स्वतन्त्र अभियान भनेर शाहीलाई प्रयोग गरी उचाईमा लगे। अहिले आएर राजावादीको अभियान बनाएर जनतालाई झुक्काईयो। अभियान शंकास्पद छ।’ शाही निस्काशित भएपछि अभियानको विरोध भईरहेको कारण अभियान्ताहरु अनेक आरोप लगाइरहेको उनको आरोप छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू