नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाही निष्काशित

admin

काठमाडौँ, १२ मङ्सिर: ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई अभियानबाट निष्कासित गरिएको छ ।

नेपालका लागि नेपालीको केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकले शाहीको अब देखि नेपालका लागि नेपालीमा कुनै पनि जिम्मेवारी नरहने गरि निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिएका छन । निष्कासित गर्नुको कारणबारे बोल्दै न्यौपाने भन्छन, ‘हामी राजसंस्थाको पक्षमा बोल्दै गर्दा शाही अकस्मात गणतन्त्रको वकालत गर्न थालेपछि हामीले उनलाई अभियानमा संगै बोकेर हिड्न नसक्ने भएपछि निष्कासित गरेका हौ।’ 

बिगत केहि समय यता  ज्ञानेन्द्र शाही आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउदै आएका थिए । यसबारेमा हामीले थप बुझ्न खोज्दा अभियानका संयोजक सुरेन्द्र भण्डारीले भने थप केहि पनि बोल्न चाहेनन्। 

शाहीलाइ अभियान बाट निकालिएसंगै भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण, संघियाताको खारेजी, धर्म निरपेक्षता खारेजी र राजनैतिक शुद्धीकरणको एजेन्डा अझै शशक्त हुने नेपालका लागी नेपाली अभियानले जनाएको छ।

प्रतिक्रिया