नेपालका सुजन बने भारतको चर्चित शो ‘डान्स प्लस सिजन ४’को फस्ट रनरअप

मनिषा थापा

भारतीय रियालिटी शोहरुमा नेपालीहरुको सहभागिता बढ्दो छ । यस्तैमा केहिसमय अघि भारतको चर्चित रियालिटी शो ‘डान्स प्लस सिजन ४’मा नेपालका सुजन मार्पा पनि सहभागी भएका थिए । शुरुदेखि नै जर्ज र अडियन्सको मन जित्न सफल भएका सुजन ‘डान्स प्लस’को फाइनलमा पुग्न सफल भएका थिए ।

गएराति ‘डान्स प्लस सिजन ४’को ग्राण्ड फाइनल भएको छ । नेपालका सुजन मार्पाले जनताको अत्याधिक मत ल्याएर फस्ट रनरअफ बन्न सफल भएका छन् । उनीमाथी सम्पूर्ण नेपालीको माया खन्यीएको थियो । उनी विजेता त बन्न सकेनन् तर त्यति ठूलो रियालिटी शोमा गएर दोस्रो स्थान हासिल गर्नु भनेको पनि निकै ठूलो कुरा हो ।

उनले यो कुराको जानकारी आफ्नो आधिकारीक फेसबुकमार्फत् गराएका छन् । सुजनले आफ्नो मात्र नभएर पुरा नेपालको नाम नै भारतमा फैलाउन सफल भएका छन् । 

प्रतिक्रिया