नेपालको नयाँ नक्सा समावेश गरी निशान छाप परिवर्तन गरेको खुसीयालीसँगै दीप प्रज्वलन (फोटोफिचर)

अस्मिता बेल्बासे

काठमाडौं, ३२ जेठ : कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा शनिबार र आइतबार देशभर दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले दुई तिहाइभन्दा बढी मतले सोसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

प्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्सा अङ्कित निशान छाप दुई तिहाई बहुमतबाट पास भएको खुशियालीमा ‘विराटनगरको जनआन्दोलन चोक’मा दीप प्रज्वलन गर्दै सर्वसाधारण ।

राष्ट्रिय युवा संघ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन मोरङद्वारा प्रतिनिधिसभाको शनिबारको वैठकबाट नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानीसहित नेपालको नक्सा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चोकमा दीप प्रज्वलन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश सभासदस्य सावित्रीकुमारी रेग्मी ।

नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७७ पारित भएको खुशीयालीमा शनिबार ‘तनहुँको दमौलीमा’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीको आयोजनामा दीप प्रज्वलन गरिँदै ।

प्रतिनिधीसभाबाट संविधानको दोस्रो संसोधन प्रस्ताव सर्वसम्मत पारित भएको खुशीयालीमा शनिबार ‘वीरगन्जको घण्टाघर चोकमा’ युवा नयाँ नक्सामा दिप प्रज्ज्वलित गरी खुशीयाली साट्दै ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी जारी गरिएको नेपालको नक्सा र संविधान संशोधनमार्फत नेपालको नयाँ नक्सा समावेश गरिएको निशान छाप परिवर्तन गरेको खुसीयालीमा ‘म्याग्दीको सदरमुकामबेनीमा’ गरिएको दीप प्रज्ज्वलन ।

कालापानी र लिपुलेक सहितको नक्सा जारीका लागि संघीय सरकारले पारित गरेको संविधान संशोधनपछि ‘जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा’ दीप प्रज्ज्वलन गर्दै बाजुराबासीहरु ।

प्रतिक्रिया