नेपालको नाम राख्दै ‘सारेगमपमा’ अघि बढे नेपालका आयुष, प्रितम र आयुष भारतमा तहल्का मच्चाउँदै

मनिषा थापा

काठमाडौं : नेपालका १२ बर्षका आयुष केसीले भारतको चर्चित टेलिभिजन शो सारेगमपा लिटिल च्याम्पमा दमदार प्रस्तुती दिएका छन् । ‘सारेगमपा’मा नेपालको नाम चिनाउन उनी सक्दो लागि परेका छन् ।

आयुष केसी सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने गर्छन् । अहिले भने आयुष केसी विश्वभरि नै चर्चामा आइरहेका छन् । जी टिभीले रिलिज गरेको आयुषको प्रस्तुति सामाजिक सन्जाल र डिजिटल मिडियामा भाईरल भइरहेको छ ।

उनी नेपालमै २ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका थिए। आयुषले सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीसंग संगीतको प्रशिक्षण लिई रहेका छन् ।

सारेगमपामा रियालिटी कार्यक्रममा अर्का नेपाली बालप्रतिभा प्रितम आचार्य पनि शीर्ष १५ मा पुग्न सफल भएका छन् ।शनिबार प्रसारित ‘सारेगामापा लिटिलच्याम्प’मा उनले आफ्नो प्रस्तुति दिए।
हेर्नुहोस भिडियो:

प्रतिक्रिया