विरेन्द्र सरकार, मदन भण्डारी र निर्मला पन्तको हत्यारा पत्ता लगाउन सक्छु : लक्ष्मण सिंह खड्का

मनिषा थापा

पिएनपिखबर : शिरमा कालो टोपी, निधारमा सेतो पहेंलो टिका, सेतै फुलेका दाह्री जुँगा, नेपालको नक्सा, राष्ट्रिय झन्डा, शिवपार्वतिको फोटो लगायत अनेक थरी लेखिएको सेतो लामो कुर्था लगाई एक हातमा छाता, अर्को हातामा कालो व्याग र काधँमा रेडियो भिरेर हिँड्ने लक्ष्मण सिंह खड्काको हुलिया मात्र होइन, व्यवहार, स्वभाव र काम पनि सामान्य मानिसभन्दा विल्कुल फरक छ। 

कहिले शालिकहरु सफा गर्ने त कहिले शालिकहरुमा रङरोगन गरी मालाले सजाउने, सहिदगेट लगायत विभिन्न मठमन्दिरहरुमा परेवालाई चारो खुवाउने, सानातिना टुटफुट भएका सार्वजनिक सम्पत्तिहरुको मर्मत संभार गर्ने, सबै पार्टिका नेताहरुलाई आफ्नो आवाजमार्फत घचघचाउने कार्य लक्ष्मण सिहको दैनिक कार्य नै हो । उनको यस्तो हर्कत देख्नेहरुले उनलाई बौलाहा भनिरहेका हुन्छन् ।

काठमाडौको ढुङ्गेअड्डामा जन्मिएका लक्ष्मण सिंह खड्का दुई छोरा र दुई छोरी गरी चार सन्तानका बावु हुन् । सामान्य खेतिपातिलाई पेसा बनाएका उनी पछि गाडिको खलासी भएर पनि काम गरेका उनी आफुलाई देशको पहिलो खलासी भन्न रुचाउँछन। उनलाई राजावादी भनेर पनि चिन्ने गरिन्छ। कसैले पनि देशको वास्ता नगरेको, देशका सम्पत्तिहरुको वेवास्ता गरेको कुरा प्रति उनी सँधै चिन्तित हुन्छन् । उनी हरेकजसो दिवस वा उत्सव हुँदा एक्लै सडकमा निस्कन्छन् र आफ्ना असन्तुष्टिहरु व्यक्त गर्छन् । उनका अभिव्यक्तिहरु कडा र यथार्थपूर्ण छन् ।

६९ वर्षिय खड्का पछिल्लो राजनितीक परिवर्तन प्रति पटक्कै खुशी छैनन् । उनले पिएनपिखबरसँगको कुराकानीको क्रममा राजा विरेन्द्रको हत्या, मदन भण्डारीको हत्या तथा निर्मला पन्तको हत्याका बारेमा पनि खुलेरै बालेका छन् ।

 उनले दावी गर्दै भने, ‘म राजा विरेन्द्र सरकारको हत्या, मदन भण्डारीको हत्या तथा निर्मला पन्तको हत्याराको पत्ता लगाउन सक्छु तर मेरो हातमा सत्ता हुनुपर्छ।’ उनले कांग्रेस, एमाले, माओवादीका सबै नेताहरु डाँका भएर देशलाई लुटेको अभिव्यक्ति दिएका छन्। 

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया