नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३४ पुग्यो, २३२ संक्रमित थपिए

admin

काठमाडौं, असार २०: नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३४ पुगेको छ । पछिल्लोपटक गोरखाको पालुङटार नगरपालिकाका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय वृद्धको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृ’तक दुवैजनाको श’व नेपाली सेनाले व्यवस्थापन गरिसकेको जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार ४९१ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २७२ जना घर फर्केका छन् । अहिलेसम्म कोरोनाबाट मुक्त भएर घर फर्कनेको संख्या छ हजार ४१५ पुगेको उहाँले बताउनुभयो ।

पछिल्लो २४ घन्टामा चार हजार ५० ओटा ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर नौ हजार ४२ जना ‘आइसोलेसन’मा रहेका छन् । ३३ हजार १२५ जना ‘क्वारेन्टिन’मा रहेका जनाइएको छ ।

प्रतिक्रिया