नेपालमा ‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसन हुने

admin

काठमाडौं, ४ फागुन : ‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसनको आयोजना नेपालमा गरिने भएको छ । अमेरिकाको फ्रेन्च आइज ‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसनको खरेल अर्गनाईजेसनले आयोजना गर्न लागेको हो ।

शनिबार राजधानी काठमाडौंमा पत्रकार भेटघाटको आयोजना गर्दै असोज १० गते राष्ट्रिय सभागृहमा फाइनल कम्पिटिसन हुने र उक्त कार्यक्रमबारे केही जानकारी गराएको हो । पत्रकार सम्मेलनमा शारीरिक सुगठनका खेलाडी, संघका राष्ट्रिय प्रतिनिधि र पत्रकारहरुको उलेख्य उपस्थिति थियो।

मसल मेनियाको सुरुवात १९९१ मा अमेरिकामामा भएको हो। शारीरिक सुगठनका खेलाडीहरुको क्षमता ब्रिद्दि संगै अन्तरराष्ट्रिय स्तरमा पुर्‍याउने मुख्य उद्देश्य रहेको छ । फ्रेन्च आइज ‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसन नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो । यो कम्पिटिसनमा पाँचवटा विधामा कम्पिटिसन हुनेछ ।

मसल मेनिया नेपाल क्लासिक च्याम्पियनशिप, मसल मेनिया नेपाल फिजीक च्याम्पियनशिप, मसल मेनिया मोडल च्याम्पियनशिप, मसल मेनिया फिगर नेपाल च्याम्पियनशिप र अन्डर २२ को विधा गरि पाँचवटा विधामा छुट्टा छुट्टै टाइटलमा कम्पिटिसन गराइने आयोजकले जानकारी गराएको छ ।

यस प्रतियोगिताको विजेताले डिसेम्बर १३ मा सिंगापुरमा हुने ‘मसल मेनिया एसिया’ कम्पिटिसनमा सहभागी हुने अवसर पाउनेछन् । पाँचै विधाका विजेतालाई आयोजकले फुल स्पोन्सरशिपमा सिगापुर लग्नेछ ।

प्रतियोगितामा ५ जना अन्तरराष्ट्रिय जजहरुबाट विजेता छानिने छ । ‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसनको फाइनलको दिन कम्पिटिसन साथ साथै एक्स्पो र म्युजिकल कन्सर्टको पनि आयोजना गरिने खरेल अर्गनाईजेसनका निर्देशक सज्ञान खरेलले जानकारी दिए ।

खरेल अर्गनाईजेसनको आयोजनामा हुन लागेको इभेन्टमा सज्ञान खरेल इभेन्ट हेड रहेका छन् । फाइनान्सियल एडभाइजर प्रविन श्रेष्ठ र सुरज खड्का रहेका छन्, बिपुल कोइराला एक्स्पो हेड, लिगल एडभाइजर अधिवक्ता युबराज क्षेत्रि, एथ्लिट मेनेजरको अर्डिनेटर बिनिता राइ र एथ्लिट एडभाइजर डा. मोहित कार्की लगाएतको आयोजक टिम रहेको छ ।

प्रतिक्रिया