नेपालमा संक्रमण हुनेको संख्या दुई लाख ७० हजार नाघ्यो

admin

काठमाडौं, १३ माघ नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७० हजार नाघेको छ । बितको २४ घण्टामा चार हजार पाँच सय ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

कुल संक्रमितमध्ये दुई लाख ६४ हजार आठ सय २३ जना निको भएका छन् । बितेको २४ घण्टामा दुई सय ८५ जना निको भएका हुन् । अहिले नेपालमा तीन हजार दुई सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै थप ६ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार १७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया