नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो

admin

काठमाडौं १७ जेठ : शनिबार नेपालमा थप एक सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।

स्वास्थ्य मन्त्रलायले प्रेस बिफ्रिङमार्फत थप १ सय ८९ जनामा संक्तमण पुष्टि भएको जानकारी दिएको हो । थपिएका संक्रमितमध्ये १ सय ८५ जना पुरुष र चार जना महिला छन् ।

योसँगै नेपालमा सङ्क्रमितको संख्या एक हजार चार सय एक पुगेको छ । संक्रमितमध्ये दुई सय १९ जना निको भएका छन् भने अहिलेसम्म ६ जनाको ज्यान गएको छ ।

सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ । अहिले देशभरीका २० भन्दा बढी प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ ।

शनिबार मात्रै विभिन्न प्रदेशमा ७७ हजार ४ सय थान विभिन्न प्रदेशमा आरडिटी किट पठाइएको डा. देवकोटाले बताए । यस्तै प्रदेशहरुमा ६ हजार थान भिटिएम पनि पठाइएको छ । अहिले देशभरी १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया