नेपालमा १५ हजार ७८४ संक्रमित, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

admin

काठमाडौं, २१ असार : आइतबार थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

संक्रमितमध्ये ६ हजार पाँच सय ४७ जना निको भएर घर फर्किएको र ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

त्यस्तै अहिले आइसोलेशनमा रहेका संक्रमितको संख्या नौ हजार दुई सय तीन छ । विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका छन् । विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका छन् । देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ ।

प्रतिक्रिया