नेपाललाई चीनले थप आठ लाख डोज खोप अनुदानमा दिने

admin

काठमाडौं, फागुन १८ : चीनले पनि नेपाललाई कोभिड १९ विरुद्ध थप आठ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर मार्फत थप खोप दिने बताउनुभएको हो ।

शुरुमा नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले थप ८ लाख सहित जम्मा १३ लाख डोज खोप उपलब्ध गराउने निर्णय गरेको हो । चीनको प्रतिबद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ ।

यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ । यसअघि भारतले १० लाख डोज खोप अनुदानमा दिइसकेको छ ।

प्रतिक्रिया