नेपालीद्वारा नेपालमै निर्मित पहिलो ‘इलेक्ट्रिक मोटरसाइकल’, यस्तो छ विशेषता 

मनिषा थापा

पिएनपिखबर : नेपालमा पहिलोपटक विद्युतीय मोटरसाइकल (यात्री) निर्माण कार्य सफल भएको छ। युवा इञ्जिनियरहरुको टिमले दुई वर्षसम्म निरन्तर काम गरी कम्पनीले यो मोटरसाइकललाई बजारमा उतार्ने सफलता पाएको हो ।

४ जना इन्जिनियरसहितको ७ जना नेपाली युवा टोलीले विदेशी उत्पादनहरुसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता र विशेषताले भरिपूर्ण नेपालमै इलेक्ट्रिक बनाएर सबैलाई चकित पारेका छन्।

 ४० हर्सपावरको शक्ति रहेको चार्जबाट चल्ने यस बाइक एकपटक चार्ज गरे २ सय ३० किलोमिटर कुद्ने यात्री वोर्कसपका इन्जिनियर कनिष्क सुवालले बताएका छन्। मोटरसाइकल दुई घण्टाको अवधिमा फुल चार्ज हुने गर्छ। मोटरसाइकलको सम्पुर्ण स्पेयर पार्टस् नेपालमै डिजाइन गरेर विभिन्न अन्तराष्ट्रिय मुलुकका कम्पनीसँग सहकार्य गरेर निमार्ण गरिएको उनले जनाए। नेपालमै विधुतीय बाइक संचालनमा ल्याउने सोच भने कम्पनीका संस्थापक अशिम पाण्डेको रहेको उनको भनाई छ।

शहरी क्षेत्र र आधुनिक कनेक्टिभिटीका लागि डिजाइन गरेर निर्माण गरिएको ‘यात्री’ पावरफूल र बोल्ड रहेको कम्पनीको दाबी छ । कम्पनीले मोटरसाइकलको मूल्य भने अहिले सार्वजनिक गरेको छैन। 

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू