नेपाली कांग्रेसको १४ महाधिवेशन यस्तो देखियो आज (फेटोफिचर)

admin

काठमाडौं, २७ मंसिर : नेपाली कांग्रेसको १४ महाधिवेशनमा नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरुले मत खसाल्ने क्रम जारी छ । मध्यान्ह १२ बजेबाट सुरु भएको मतदानपछि सभापतिका प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला भृकुटीमण्डपमा आमनेसामने भएका छन् ।

सभापतिका प्रत्यासी रहेका देउवा र कोइराला सुरुमा मतदान गरेर बहिरिए पनि फेरि फर्केर मतदानस्थलमा मतदाताहरुले मतदान गरेको दृश्यावलोकन गरेका हुन् । यता, मतदान स्थल रहेको प्रदर्शनी मार्गमा विभिन्न पदका उम्मेदवार तथा उनीहरूका सहयोगीले मत माग्दै पर्चा र कार्ड बाँडिरहेका छन् ।

ती पर्चाहरूलाई प्रतिनिधि तथा कार्यकर्ताले सडकमा त्यतिकै फालिदिँदा यतिबेला सडक नै पर्चै पर्चाले ढाकिएका छन् । यस्तै मंसिर २४ मा नेपाली कांग्रेसको महाधिवेशन शुरु भएपछि झन जाम बढेको छ । महाधिवेशनका कारण उपत्यकामा सवारीको चाप बढेको अस्वीकार गर्दै शर्माले भने– ‘बसपार्कमा र टुँडिखेलमा पार्किङ गरिएको छ, महाधिवेशनका कारण सवारी डाइभर्ट गर्नुपर्ने अवस्था आएको छैन ।’

महाधिवेशनका कारण सवारी साधनको चाप बढेको छ । भृकुटीमण्डप, पुतलीसडक, बागबजार र सुन्धारा लगायतका ठाउँमा ट्राफिक जाम बढ्दा त्यसको असर काठमाडौं उपत्यकाको चक्रपथ भित्रका सडकमा परेको छ । तर, ट्राफिक महाशाखाले जाम नियन्त्रण गर्न सकेको छैन ।

उक्त महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका देउवा मतदानमा सहभागी हुन जाने क्रममा प्रहरीले पत्रकारहरूलाई रोकेपछि केहीबेर तनाव भएको छ । मतदानस्थलमा फोटो खिच्न अवरोध गरेपछि प्रहरी र पत्रकारबीच ठेलाठेल भएको थियो । नेपाली कांग्रेसको निर्वाचन समितिले सञ्चारकर्मीलाई बाहिर निकाल्न खोजेपछि पत्रकारहरुले क्यामेरा डाउन गरेका थिए ।

प्रतिक्रिया