नेपाली कांग्रेसले विद्यालय हाताभित्र पार्टीको भेला गर्दा बि.ब्य.स.अध्यक्षको आपत्ति

खगेन्द्र हमाल

बैतडी : बिद्यालयमा राजनीतिक पार्टीगत गतिविधिहरु हुनु हुदैन भन्ने जनमत पछिल्लो समय बढेपनि बिद्यालयमा नै राजनीतिक दलहरु भेला र अधिवेशन गरिरहेका छन।मेलौली नगरपालिका ५ मा अबस्थित दुर्गा मावि खलिगाड को हाताभित्र नेपाली कांग्रेसले राजनीतिक पार्टीगत भेला गरेको प्रति बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले गम्भीर आपत्ति जनाउनुभएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेका तिलक सिह पुजाराले अनुमतिबिना मनोमानी ढंगले बिद्यालयलाई पार्टी कार्यालय सरह बनाएको भन्दै आफुले यस्ता गतिविधिको घोर बिरोध गर्ने बताएका छन ।

अध्यक्ष पुजाराले बिद्यालय हाताभित्र भएको राजनीतिक दलको भेलाप्रति ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेस संग स्पष्टीकरण लिइने एक फेसबुक पोष्ट मार्फत जानकारी गराएका छन।पछिल्लो समयमा कुनैपनी राजनीतिक दलले बिद्यालयको हाताभित्र कुनैपनी राजनीतिक गतिविधि तथा कार्यक्रम गर्न नपाईने भन्ने निर्णय गर्दा पनि उक्त निर्णयको नेपाली काङ्ग्रेसका साथीहरूले उलंघन गरेको बताउनुभयो ।

दुर्गा मा बि मा कार्यरत एकजना दामोदर सर शारिरिक अवस्था कम्जोर भएको कारण उनी अनिवार्य अपकास दिएर घर बस्नुभएको र त्यो रिक्त दरबन्दीमा जगदम्बा माबी मा कार्यरत राम दत्त जोशी लाई ल्याउने भन्ने कुरा भएको तिलक पुजराले जानकारी दिनुभयो।उक्त कुरालाई लिएर मैले आफ्नो असंतुष्ट तर्क राखे र त्यो रिक्त दरबन्दीमा रामेस्वोरी ठगुन्ना मेडम लाई राख्ने निर्णय गरेको बताउनुभयो।

तर त्यहाका स्थानीय बासिको हित बिपरित राजनीतिक पावर र पहुँचका आधारमा रामदत्त जोसिलाई रिक्त दरबन्दीमा ल्याईएको र स्कुल ब्यवस्थापन समितिको राय सल्लाह सुझावलाई वेवास्था गरि शिक्षक अभिभावकसंघको अध्यक्षको लेटर प्याड्मा दस्खत गरि नगरपालिकाको सिफारिसमा जबर्जस्ती रामदत्त जोशिलाई दुर्गा माविमा ल्याईएको बताउनुभयो।

तर अहिले सम्म उक्त राम दत्त जोशीको बारेमा निजलाई राख्ने कि नराख्ने भन्ने बिब्यसको निर्णय नभएको र निज राम सरले हाजिरी लाई रहेको तलव खाई रहेको अवस्था छ,यदि बिब्यस र अध्यक्ष को कुनै मान मर्यादा छैन भने त्या बिब्यस गठन गर्नु को कुनै औचित्तनभएको बताउनुभयो।

प्रतिक्रिया