नेपाली चलचित्रको हिस्सा बन्न पाउँदा निकै नै खुसी छु : सन्नी लियाेन

रिता घिसिंग

एजेन्सी : बलिउड नायिका सन्नी लियाेन नेपाली चलचित्रमा देखिने भएकी छिन् । सन्नीले एबी इन्टरनेशनलले पहिलाे पटक निर्माण गर्न लागेकाे चलचित्र ‘पासवर्ड’ मा अभिनय गर्न लागेकी हुन् ।

उक्त चलचित्रमा सन्नीले आइटम डान्ससमेत गर्नेछिन् । उनले चलचित्रका मुख्य नायक बिक्की जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ । यसबारे सन्नीले ट्वीट गर्दै भनेकी छिन्-‘बहुप्रतिक्षित नेपाली चलिचित्र ‘पासवर्ड’ को डान्स नम्बरमा हिस्सा बन्न पाउँदा म निकै खुसी छु ।’

सम्राट बस्नेतकाे निर्देशनमा बन्न लागेकाे यस चलचित्रले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्ष कथाको रुपमा उठाउने निर्माण कम्पनीको भनाई रहेको छ । निर्माण पक्षका अनुसार चलचित्रकाे ९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुनेछ ।

 

फिल्ममा सन्नी लियाेन, विक्की जोशी, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेतसहित दुई नवनायिका परी राना र लिसा सुनारको समेत अभिनय रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू